काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार गोकर्णेश्वरको नगर भेलालाई सम्बोधन गर्ने क्रममा सत्ता जोगाउन गठबन्धनभित्र अर्को गठबन्धन बनेको आरोप लगाएका छन् । उनले जनताका लागि नभई सत्ता जोगाउनका लागि यो गठबन्धन बनिरहेको बताएका हुन् ।
नेपाली जनताले गठबन्धनबाट वाक्क भएर नेपाली जनताले घण्टी बजाएको स्मरण गराए। उनले छोटो समयमा नै रास्वपाले २१ सिट जितेको उल्लेख गरे । उनले पार्टीले भातृ संगठन नबनाउने उद्घोष गरे । भातृ संगठन भनेको पार्टीलाई मात्र नभई देशलाई नै भार हुने उनको भनाई छ ।
उनले नेपाली जनताले खोजेको र रोजेको पार्टी रास्वपा भएको दाबी गरेका छन् । ठेक्का, राजदूत, विज्ञ, सल्लाहकार लगायतका पद पाइन्छ कि भन्ने सोचेर व्यक्तिगत स्वार्थका लागि रास्वपा प्रवेश नगर्न न गर्न पनी आग्रह गरेका छन साथै उनले भ्रष्टाचारको विरुद्ध सबैजना लाग्नुपर्ने बताएका छन् ।
लामिछानेले आफूले पार्टीलाई योगदान दिने नभई देशलाई योगदान दिनसक्ने मानिस रास्वपामा खोजिरहेको बताएका छन । उनले राजनीतिलाई सङ्ल्याएर सुशासन कायम गर्न रास्वपा उदय भएको दाबी गरेका छन् । लामिछानेले अरु दल छाडेर रास्वपामा आएका नेताहरुलाई दुष्मनको व्यवहार नगर्न पनी आग्रह गरेका छन् ।
सत्ता गठबन्धनमा आबद्ध संसदभित्रका माओवादी केन्द्र, जसपा र नेकपा एसले विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा नेपाल बनाएको छ, यहि समाजवादी मोर्चालाई लक्षित गर्दै यस्तो उक्त कुरा बताएका हुन् ।
0 comment