काठमाडौं – दाङमा दलित भएको भन्दै कोठाबाट निकालेको आरोपमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १७ निवासी ताराप्रसाद पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिनुभएको छ ।
पोख्रेलले आफ्नो घरमा भाडामा बसेका अछामको पञ्चल देवल नगरपालिका ७ पुल्तोलाका महेन्द्र विक र हुम्लाका अदानचुली गाउँपालिका ३ का अङ्गराज नेपालीलाई घरबाट निकालेको प्रहरीले जनाएको छ ।
पोख्रलाई प्रहरीले शनिवार पक्राउ गरी जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी रहेको प्रहरीले जानकारी दिएको छ ।
0 comment