काठमाडौं - गएराति देखिको अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले खतराको तह पार गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी बढ्ने क्रम जारी रहेकोले बुटवल आसपासमा हाल डुबानको खतरा रहेको छ।
महाशाखाका अनुसार तिनाउ नदीको माथिल्लो भागमा वर्षा भइरहेकाले तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने सम्भावना रहेको छ।
स्थानीय प्रशासनले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
0 comment