काठमाडौं - पूर्वसांसदसमेत रहेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। 

रौनियारलाई प्रहरीले शुक्रबार बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। रौनियारविरुद्ध बाँकेमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ।

बाँके प्रहरीले पक्राउ गरिदिन पत्राचार गरेपछि बानेश्वर वृत्तको टोलीले रौनियारलाई पक्राउ गरेको हो। रौनियारलाई बाँके लैजाने तयारी भएको प्रहरीले जनाएको छ।