काठमाडौं – राष्ट्रीय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले ६ नम्बर प्रदेश “क” कार्यसमिती २६ वडा इकाइ समिति कार्यालयले आज गरेको काठमाडौमा आयोजित पार्टी प्रबेश कार्यक्रममा “राष्ट्रीय प्रजातन्त्र पार्टी” एउटा छुटटै बिचारधारा रहेको पार्टी बताएका छन् । 

अहिलेका अधिकास दलहरु भ्रष्टाचारमा लिप्त रहेको र भुटानी शरणार्थि प्रकरण र ललिता निवास प्रकरणमा समलग्न कसैलाइ पनि छोडन नहुने र देश र हिन्दु धर्म सरक्षणको लागि राष्ट्रीय प्रजातन्त्र पार्टीले सक्दो कोसिस गरिरहेको लिङ्ग्देनले बताएका छन् । 

आज भएको उक्त आयोजित कार्यक्रममा राजेन्द्र लिङ्ग्देनले महिला र पुरुष गरि ४० जना भन्दा बढी ब्यक्तीलाई टीका लगाएर पार्टी प्रवेश गराएका छन् । 
अधिराज्यभरी राष्ट्रीय प्रजातन्त्र पार्टिमा पार्टी प्रबेश गर्नेको इच्छा धेरै सख्या रहेको कारण आगामी दिनमा ६ महिनाको लागि घर दैलो कार्यक्रम  अन्तर्गत गाउँ गाउँमा कार्यकर्ता खटाउने योजना रहेको अध्यक्ष लिङ्ग्देनले बताएका छन् । 

सोही अवसरमा आज धानदिवस तथा नेपालीहरुको असार १५ का दिन मनाउदै आइरहेको परम्परागत पर्व दहि च्युरा खाने कार्यक्रम पनि रहेको थियो ।