काठमाडौं – पोखरामा आज मुख्यमन्त्रीहरूको भेला हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको हो साथै भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको छ ।
यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भएपनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो । पहिलोपटक २०७५ भदौ २१ र २२ गते गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा भेला भई आठ बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो ।
भेलामा मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तरक्रिया हुनेछ । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने श्रोतले बताइएको छ ।
0 comment