काठमाडौं – बझाङदेखि काठमाडौं आउदै गरेको ना.६.ख १३३९ नम्बरको बस जिल्लाको चरोडामा दुर्घटना भएको छ । दुर्घटनामा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन भने, बाँकी समान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
बस रोड भन्दा करिब ५ मिटर तल पल्टिएर दुर्घटना भएको छ । उक्त बसमा शनिवार १६ गते हुने सिभिल सब–असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जानका लागि आएका यात्रु सवार रहेका थिए । बिहान पानी धेरै परेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
घाइतेहरु लाई उद्वारगरि उपचारको लागि अस्पताल लगिएको छ । प्रहरीले जानकारी दिएको छ ।
0 comment