काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकार प्रती विश्वास घटेको प्रतिक्रीया जनाएका छन् । 

बुधवार प्रतिनिधिसभामा मतदानमार्फत बजेट पारित भएलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीसँग यस्तो टिप्पणी गरेका हुन् । 

अध्यक्ष ओलीले, संसदमा प्रधानमन्त्री माथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको बताएका छन् । 

गठबन्धनसँग बहुमत भएकाले बजेट पारित हुनु कुनै नौलो कुरा होईन । यसमा आश्चार्य चकित हुनु पर्ने कुरा छैन, ओलीले भने । 

तर प्रधानमन्त्रीको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो  भन्ने त्यहाँ देखिएको छ । त्यसमा अरू केही भनिरहनु नपर्ने ओलीले टिप्पणी गरे ।