काठमााडौं - सरकारले राष्ट्रिय अनुसन्धान विभागका दुई जना एसएसपीलाई डिआईजीमा बढुवा गरेको छ। 

मन्त्रिपरिषद्को मंगलबारको बैठकले इन्द्रसिंह लामा र माधव तिमल्सिनालाई डिआईजीमा बढुवा गरेको हो। लामा राष्ट्रिय अनुसन्धान विभाग ललितपुर प्रमुखको रूपका कार्यरत छन् भने तिमल्सिना विभागमा कार्यरत छन्। 

लामा राष्ट्रिय अनुसन्धान विभागको काविल अनुसन्धान अधिकृतको रूपमा चिनिन्छन्। लामा र तिमल्सिना दुबै जना भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बसेर कार्य सम्पादन गरेका अधिकृत हुन्। 

डिआईजीमा बढुवा भएका लामा र तिमल्सिना व्यवसायीक सुरक्षा अधिकारी भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए।

बढुवासँगै लामा सुदूरपश्चिम र तिमल्सिना कर्णाली प्रदेश प्रमुखको रूपमा खटिएका छन्।