काठमाडौं - इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा सरकारले असार १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपालको राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।
0 comment