काठमाडौं - चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन्।
विश्व विख्यात ‘अलिबाबा ग्रुप’का संस्थापकसमेत रहेका ज्याक मा बंगलादेशबाट आज चार्टर्ड विमान लिएर काठमाडौं आइपुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर ज्याक माले नेपालमा 'ई-कमर्श' अनलाइन व्यापारका विषयमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ। त्यस्तै ज्याक मा बुधबार चितवन जानेछन्।
तीन दिने भ्रमणमा नेपाल आएका ज्याक मा बिहीबार पाकिस्तान जानेछन्।
ई-कमर्श व्यापारलाई दक्षिण एसियासँग जोड्ने अभियानमा ज्याक मा रहेको र त्यही सिलसिलामा उनी दक्षिण एसियाली मुलुकको भ्रमण गरिरहेको जनाईएको छ।
उनले अलिबाबाबाहेक ‘ज्याक मा फाउन्डेसन’ पनि चलाउँदै आएका छन्। यही फाउन्डेशनमार्फत् उनले ग्रामीण क्षेत्रमा देखा परेका समस्याहरू समाधान गर्दै आएका छन्।
दुई वर्षअघि दुई महिना बढी सार्वजनिक रूपमा देखा नपरेपछि चीन सरकारले उनलाई नजरबन्दमा राखेको चर्चा सञ्चारमाध्यममा छाएको थियो।
0 comment