काठमाडौं – कृषि विकास कार्यालयका प्रमुख सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ ।
कृषि विकास कार्यालय मुगुका तत्कालीन नि. कार्यालय प्रमुख पंचलाल बुढा, सव—इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित ६ जना विरुद्ध गैरकानूनी लाभ अर्थात भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्धा दर्ता गरेको हो ।
भ्रष्टाचार आरोपमा कृषि विकास कार्यालय, मुगुका प्रमुख बुढाले २०७६÷०७७ मा संचालन भएको खत्याड गाँउपालिका ४ स्थित खिराचौर कृषि सिंचाई निर्माण योजना अधुरो रहेकोमा नगरेको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई सोही बमोजिमको कार्य स्वीकार प्रतिवेदन तयार गरी भुक्तानी दिन लगाएको बताइएको छ । उनलाई १२ लाख ८३ हजार ३४ रुपैया कायम गरी कैद र जरिवानाको समेत माग गरि विशेष अदालत काठमाडौमा भ्रष्टाचार मुुद्धा दर्ता गरेको जनाएको छ ।
मुगुको खत्याड गाउँपालिका ४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट रकम प्राप्त भई आर्थीक वर्ष २०७६÷०७७ मा सकिनुपर्ने खिराचौर कृषि सिंचाई निर्माण योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार गरी उपभोक्ता समितीलाई बिल भुक्तानी दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
0 comment