– दीर्गराज प्रसाइ
काठमाडौं – भारतीय प्रधानमंत्री राजीव गाँधीको नेपालको भ्रमणको अवसरमा राजीव गाँधीले पशुपतिनाथको दर्शन गरेता पनि कांग्रेस (आई) की सोनीयाँ गाँधी क्याथोलीक भएकाले पशुपतिनाथभित्र प्रवेश गर्न नदिएरको रिसमा उनी नेपालमा हिन्दु अधिराज्य र हिन्दु राजसंसथाप्रति नकारात्मक थिइनन् । पशुनाथको मूल ढोकामा ‘हिन्दु बाहेक अन्यलाई प्रवेश निशेष’ लेखिएको छ । उक्त कुरा बंगालका नवाव सम्सुद्दीनले यसक्षेत्रमा आक्रमण गरेकाले राजा जयस्थिति मल्लले उक्त नियम चलाएका थिए । इतिहासका स्थापित मान्यताहरुलाई इटालीयन इसाई सोनीयाँ गाँधीलाई अराध्यदेव पशुपतिनाथभित्र प्रवेश गराउनु जाहेज पनि थिएन। सोनीयाँ गाँधी सत्तामा आएपछि, २००७ सालदेखिको नेपाललाई आफ्रनो प्रभावमा लिन खोज्ने नेहरु डक्टिूनलाई घातकरुपले नेपाललाई टुक्रयाएर नै आफ्नो नियन्त्रणमा लिन २०६२ सालपछि अनेकौं षडयन्त्र गर्न कांग्रेस (आई) की सानीयाँ गाँधील,े कांग्रेस, एमालेको शासनको बिरद्ध उठेको माओवादी नेताहरु प्रचण्ड र बाबुराम भट्टराईहरुलाई भारतीय गुप्तचर संस्था ‘रअ’लाई सक्रिय गराएर राजाबाट पद नपाएर रिसाएका कांग्रेसका नेता गिरिजाप्रसाद र एमालेका माधव नेपाल समेतलाई २०६२ साल मंसिर ७ गते १२ बुँदै सहमति गराएर, त्यसैको आधा।रमा जनआन्दोलन गराइयो ।
आन्दोलनले उघ्ररुप लिन थालेपछि को माध्यमबाट २०६३ साल बैशाख ११ गते राजा ज्ञानेन्द्रसँग संझौता गराएर २०४७ सालको संविधान अनुसार कांग्रेसका गिरिजाप्रसाद कोइरालाई राजा ज्ञानेन्द्रबाट प्रधानमंत्रीको सपथ ग्रहण गराइयो । त्यसपछि एकपछि अर्को गर्दै नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लाधेर माओवादी, एमाले, कांग्रेस निरन्तर सत्तामा रहेर देशभित्र आतंक मच्च्चाइरहेका छन् । नेपालको दुर्भाग्य हो । (२०६३ सालदेखि अहिले २०७९ सालसम्म नेपाल अधिराज्यले स्थिरता लिन सकेको छैन । यसको मूलकारण हो । नेपालको पहिचान र अस्तित्व बुझ्न नसक्नु विदेशीहरुको इशारामा हिड्ने पार्टीहरुका कारणले नेपाल किंकर्तव्यविमूड बनेको छ । कांग्रेस र एमाल, माओवादीेहरु आफूहरुलाई संसदवादी देशभक्त ठान्थे । २०४६ सालको माओवादीको आन्दोलनपछि पुनसर््थापित बहुदलीय व्यवस्थाले देशको लागि केही नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने लागेकोमा भ्रष्टाचार र कुशासनले देशको झन् झन अधोगति हुन गयो ।
सत्तामा आएपछि कांग्रेस, एमाले माओवादीहरुले देशभित्र ब्रम्हलुट मच्चाए । यिनीहरु भ्रष्ट मात्र होइन, विदेशीका पुच्छर विदेशीहरुले जे–जे भन्छन् त्यही गरेकाले देशको अवस्था गम्भिर हुन पुगेको छ । पछिका दिनमा कांंग्रेस, एमालेहरु आफैले आतंककारी घोषणा गरिएका माओवादीसाग् भारतीय कांग्रेस (आई) र गुप्तचर संस्था ‘रअ’ ले संचालन गरेर नेपालको अस्तित्व समाप्त गराउन खोजिएका माओवादीसँग कांग्रेस (आई)को इशारामा यिनीहरु पनि शाखिलो भएर माओवादीसँग मिल्न पुगे । नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला, एमालेका माधव नेपाल लगायत अन्य पार्टीहरुले २०६२ साल मंसिर ७ गते दिल्लीमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर नेपाललाई अन्योलमा पार्न सक्रिय बनेर त्यसैको आधारमा प्रायोजीत जनआन्दोलन गराइनयो । जनआन्दोलनले उघ्र रुप लिन थालेपछि २०६३ साल बैशाख ११ गते श्री ५ ज्ञानेन्द्रसँथ संझौता भयो । श्री ५ ज्ञानेन्दैबाट सत्ता हस्तान्तरण गरेपछि देशको गौरवमय परम्परा बुझ्न नसक्ने नेपालमा प्रधानमंत्रीहरु बने ।
२०६३ साल वैशाख ११ गते राजासँग संझौता भएर आन्दोलन बिसर्जन भएपछि गिरिजाप्रसाद कोइरालाले कृषण सिटौलालाई गृहमंत्री बनाए । गृहमंत्री बनाइएका रअंं का विश्वासप्राप्त कृष्ण सिटौलाले ४० लाख भारतीयलाई नागरिकता गराएर भारतबाट छिरेकाहरुलाई तराई टुक्रयाउन मधेसी आन्दोलनमा सरिक गराए । यस्तो खतरनाक अवस्था शान्तिप्रिय नेपालमा थोपरियो । गिरिजाप्रसादको सोचा थियो कि नेपाल अधिराज्यभित्रका जनतालाई त्रसित गराएर नेपाललाई कमजोर बनाउने । २०६३ को जनआन्दोलनपछि राजासँग संझौता भएर आन्दोलन बिसर्जन भएको एक महिना नपुग्दै जेष्ठ ४ गते नेपालमा इसाईरुपी क्यान्सर रोग भित्रयाउन विदेशीको निर्देशनमा धर्मनिरपेक्ष घोषणा गरे । राष्ट्रघात गर्न पनि धेरै अपराधी चाहिंदैन । नेपाल डुबाउन गिरिजा, माधव नेपाल, प्रचण्ड, बाबुराम भट्टराईहरु नैं थिए । २०६३ को जनआन्दोलनपछि कांग्रेसका गिरिजाप्रसाद प्रधानमंत्री बनेर राजदरबारमा श्री ५ ज्ञानेन्द्रबाट २०४७ सालको संविधान अनुसार सपथ लिएका थिए । तर त्यस्को लगत्तै उनीहरुलेश्री ५ ज्ञानेन्द्रसँग गरिएका संझौताहरु निस्तेज गराउँदै गणतन्त्र, धर्मनिरपेक्षता, संघीय–जातीय राज्यको अवधारणा लिएर राष्ट्र ध्वस्त बनाउन सरिक भए। यहीबाट प्रारम्भ हुन्छ नेपालको अधोगति ।
कांग्रेस, एमाले, माओवादी लगायतका नेताहरुलाई भारतीय गुप्तचर संस्था ‘रअ’ ले परिचालित गरेर २०६२ मंसिर ७ मा १२ बुँदे सहमतिमा हस्ताक्षर गराएको र स्रोत(साधन जुटाएर नेपाललाई ध्वस्त बनाउन २०६३को जनआन्दोलनमा उतारेको कुरा दृष्टि साप्ताहिकले उसैबेला २०६४ पौष १० मा लेखेको थियो( ‘रअ’ प्रमुख अशोक चतुर्वेदीले कांग्रेस र माओवादीलाई नेपाल एक गणतन्त्रत्मक राज्य हुने अन्तरिम संविधानमा लेख्न लगाएर मेलमिलाप गराएको र चतुर्वेदीले एमाले महासचिव माधव नेपाललाई साक्षी राखेर प्रधानमंत्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच सहमति कायम गराए । यसरी नेपालको सार्वभौमसत्तामा खेलवाड गर्नमा विदेशीहरुको निर्देशनमा नेपाल डुबाउन खोज्ने कांग्रेस, एमाले, माओवादीहरुलाई देशद्रोहीहरु हुन् । यिनीहरुकै कारणले अहिलेसम्म नेपाल शिर डाडो पारेर उभिन सकेको छैन । नेपालको अस्तित्व समाप्त पार्न भारतीय नेताको अगुवाइमा वदनाम भारतीय गुप्तचर संस्था ‘रअ’ कति सक्रिय थियो भन्ने कुरा २०४६ सालको जनआन्दोलनको सन्दर्भलाई जोडेर पूर्व प्रधानमंत्री मरिचमान सिंहले भनेका थिए । (‘भारतीय गुप्तचर संस्था ‘रअ’ ल)े एकदर्जन वामपन्थीलाई अहिलेको सातपार्टी गठबन्धन झैं मिलायो र नेपाली कांग्रेससँग कार्यगत एकता गराई दियो । नेपाली जनता सडकमा ओर्लदैनन् भन्ठानेर नेपाली अनुहार देखाउन दक्षिण भूटानबाट ६ हजार जति नेपालीमूलका भूटानीलाई भाडामा काठमाण्डौं ल्यायो ।
(जनधारणा पुष १२) आन्दोलन बढ्न थालेपछि २०४६ चैत्र १८ गते भारतीय विदेश सचिव नेपालको रक्षा र विदेश नीति भारतको अधिनमा रहने भन्ने संधिपत्र लिएर राजालाई तर्साएर हस्ताक्षर गराउन आएको र राजा वीरेन्द्रले त्यसको ठाडै बिरोध गरेको थियो । यसैबाट थाहा हुन्छ २०६३ को जनआन्दोलनमा यहीका माओवादीका प्रचण्ड, बाबुराम भट्टराई, कांग्रेसका गिरिजा, एमालेका माधव नेपाल जस्ता पार्टीका गद्दारहरुलाई कसरी प्रयोग गरेर (प्रोक्सी वार) गराएको रहेछ । भक्तपुरे नेता नारायणमान विजुक्छेले भनेका थिए( ‘भारतले नेपालमा राजनीतिक, कुटनीतिक,आर्थिक र सामाजिक क्षेत्रमा प्रभाव जमाउँदै छ र त्यस्तो मुख्य संवाहक ‘रअ’ नैं हो ।
तराईका असंतुष्टहरुलाई कथित मधेसी आन्दोलनको माध्यम बनाएर भारतले नेपाललाई तडपाउने प्रयास ‘रअ’ मार्फत गराउदै झन्डै ४० बर्षदेखि नेपालमा ‘रअ’ सक्रिय छ ।’ यी सबै यथार्थ बुझेर पनि आज हामी सबै बुझ पचाएर देशद्रोही नेताहरुको समर्थन गरेर आफ्रनो देशभित्र शरणार्थी बन्न गइरहेका छौं ।
२०६४ पुष ११मा जनआस्था साप्ताहिक लेखेको थियो(‘गृहमंत्री सिटौला स्वयं पनि भारतीय जासुसी संयन्त्रसँग निकट र हिमकिम भएका मान्छे हुन् । ‘प्रधानमंत्री कोइरालासँग जे कुरा भएपनि डा. शेखर कोइरालाले भारतीय जाससी संस्थाका एजेण्टलाई निर्यात गर्छन् । यसैकारणले यिनीहरुले विदेशीलार्इृ खुसी पार्न राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र राष्ट्रवादी राजा महेन्द्रको शालीक फोरे, पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवस नमान्ने निर्ण गरे । विदेशी गुप्तचर संस्थाहरुको आड पाएकाले कांग्रेस, एमाले, माओवादी नेता जो हुन् यिनीहरु कानूनी राज्यको विश्वास गर्दैनन्, यिनीहरु प्रजातन्त्रवादी होइनन्, संविधानसभाको निर्वाचन भनेको देश बिखण्डन गराउने यिनीहरुको–मागिखाने भाँडो हो । यसउसले देशमा २०६३ सालपछि राष्ट्रघातीहरुबाट राष्ट्र र जनताको अवमूल्यन् गरिरहेको छन् । कांग्रेस र एमालेको कारणले माओवादी नेपालमा अहिले एउटा ठूलो समस्याको रुपमा देखा परेकोछ ।
दुःखको कुरा छ भने, २०६३ सालपछि नेपालमा प्रधानमंत्री बनेकाहरुले नेपालको अधोगति गराउने मात्र काम गरे । २०६३सालको आन्दोलनपछि गिरिजाप्रसाद प्रधानमंत्री बनेर देशका आधार सतम्भ र पहिचानहरु सबै ध्वस्त बनाए । त्यसपछि माओवादीका प्रचण्ड प्रधानमंत्री बने । तर उनले नेपालको घुँडा टेकाउन हर प्रयत्न गरे, एउटा पनि देशको हितमा राम्रो कार्य गरेनन् । बीना कारण अत्ताल्लिएर राजीनामा दिएर भागे । त्यसपछि दई दर्य ठाउँमा निर्वाचन हारेका माधव नेपाल भारतको इशारामा प्रधानमंत्री बने ।
उनले पनि देशको लागि माँखो मारेनन्, वदनाम बनेर हिडे । त्यसपछि माओवादीको समर्थनमा एमाले कैं झलनाथ प्रधानमंत्री बने । उनी पनि पुड्माड भए, बेइज्जतीकासाथ हटाइए । त्यसपछि माओवादीका बाबुराम भट्टराई प्रधानमंत्री बनेर नेपालको इज्जत, प्रतिष्ठा गिराउन तल्लीन भए । राष्ट्रिय पोसाक खारेज गरे, विक्रम संवत् हटाउने, त्रिभूवनको शालीक शहीदगेटबाट भत्काउने निर्णय गरे । इसाईहरुलाई पोस्न नयाँ नयाँ कार्यक्रम ल्याएर एशीयानी विकास ब्यैक दुरुपयोग गरे । यसरी २०६३ सालपछि प्रधानमंत्री भएकाहरु विदेशीका भरिया भएकाले यिनीहरु मार्फत नैं संविधानसभा भङ्ग गराएर सर्वोच्च अदालतका प्रधानन्यायधीस खिलराज रेग्मीलाई संविधान बिपरित सरकार प्रमुख बनाए । निर्वाचन भयो । त्यसपटि कांग्रेसका सुशील कोइराला प्रधानमंत्री बने । यिनी पनि देशको लागि बुढो गोरुले गाई ओगटेको जस्तो मात्र भयो । यिनको न कुनै राजनीतिक धारणा छ न नीति । कांग्रेस, एमाले, माओवादीहरु सय किसिमका कुरा छन् । अनेकतामा एकताको नीति सर्वसम्मत भएको देशमा जातीय स्वायत्तताको आत्मनिर्णय गर्नसक्ने संघीय जातीय राज्यको अवधारणा राष्ट्र विखण्डनको बाटो बाहेक के हुनसक्तैन ।
नेपालको एकीकरणमा सम्राज्यवादी शक्तिसँग भिड्दै आएको राजसंस्था देशको सार्वभौमसत्ताको मेओ मानिन्छ । राजसंस्था र युगौयुगदेखिको हिन्दु र बौद्धको पहिचान र अस्मिता समाप्तीको बाटो रोज्नु निकाशको बाटो हो । हिजो राजासँग सहकार्य गर्न चहाने माओवादी आज विचलिन छन् । सिक्किमलाई जवरजस्त भारतले कब्जा गरेपछि बीपी कोइरालाले भनेका थिए । नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन । राजाको राष्टूवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेलहोस् । यसतथ्यलाई कांग्रेसले नैं लत्यायो । अव पार्टीका नेताहरुले नेपाल बचाउने बाटो हिड्ने कि भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा हिडिरहने हो ?
तर भारतमा नरेन्द्र मोदीको सरकार आएपछि ‘रअ’ शक्तिहीन भएको छ । तथापि मोदी सरकारलाई ‘रअ’ ले खेलाउन थालेको छ भनिन्छ। यसो हो भने भारतमा भाजपाको पनि अन्त्य हुनेछ र नेपाल र भारत दुबै विखण्डनको दोसाँधमा पर्नेछन् । भारतीय कांग्रेस आईं र उसको गुप्तचर संस्था ‘रअ’ ले यो हिन्दु तथा बुद्धको थलोलाई समाप्त पार्न राजासँग वदलाको भावना राखेर जुन हतकण्डा अपनाइरहेको छ त्यसले भारतको लागि पनि खतरा निम्त्याउने छ । हामीलाई लाग्छ( नेपालको अवस्था यस्तै रहिरह्यो भने भारत पनि टुक्रा–टुक्रामा विभाजित हुनसक्छ ।
तर भारतले यहँका पार्टीका गद्दार नेताहरुलाइृ हातमा लिएर हदभन्दा बढी यसरी दमनकारी कुकर्म गरेमा भारतको अत्याचार सहन सकिदैन । भारतको षडयन्त्रको प्रतिकारमा नेपालीहरु उत्रेपछि त्योबेला चीन पनि चुपलागेर बस्ने छैन । तर यी राम्रा लक्षण होइनन् । पद र पैसाको लाुभमा परेर नेपालको एकता, पहिचान र सार्वभौमसत्तालाई कांग्रेस, एमाले, माओवादीले सिध्याउने भएका छन् । स्वाभिमानी नेपालीहरुका हात, पाखुरा काटेर नेपालको राष्ट्रियतालाई एकपछि अर्को गर्दै सिध्याउने काम भइरहेको छ । संयुक्त राष्ट्र लगायत अमेरिका, यूरोपका इसाई राष्ट्रहरुले पनि नेपालको सम्वेदनशीलता बुझ्न नचाहेर नेपाललाई आधार ईलाका बनाएर फ्रि तिब्बतको नाममा चीन टुक्रयाउन सक्रिय छन् ।
राष्ट्रिय एकताको सुत्रमा आवद्ध गर्नसक्ने राजसंस्था, हिन्दु अधिराज्य र राष्ट्रभाषा नेपाललाई चकनाचुर पारेर गणतन्त्र, धर्मनिरपेक्षताको बाटोमा नेपालको पहिचान र राष्ट्रियताका स्रोतहरु भताभुङ्ग पार्ने काम भएकोछ । नेपालको सन्दर्भमा राजसंस्था राष्ट्रियताको पहरेदार हो भने सुरक्षा अवधारणाको रुपमा हिन्दु अधिराज्य हो । राष्ट्रिय एकताका स्रोतहरु ध्वस्त बनाएर सिक्किमका राष्ट्रघाती लेण्डुब दोर्जेको झैं बाटो हिडेने हो भने नेपालका कांग्रेस, एमाले, माओवादीहरुको अवस्था पनि लेण्डुबदोर्जे जस्तै दुःखदायीे हुनेछ । नेपाली जनता सँधै वैधानिक बाटोको मात्र अनुशरण गर्दै संसदीय संवैधानिक राजसंस्था र संसदीय प्रजातन्त्र माथि विश्वास गर्छन् । नेपाली जनता देशद्रोही भ्रष्ट–सत्ताबाट मुक्ति खोजेका छन् ।
भारतीय गुप्तचर संस्थाबाट सिर्जित संविधानसभा धोका हो । यसबाट संविधान बन्दैन । यसरी देशलाई संविधानविहीन बनाएर राख्न सकिदैन । कतिदिन यसरी देशलाई अनिर्णयको बन्दी बनाएर राखिछाड्ने ? नेपालको राष्ट्रिय सेनाले देश डुब्न लागेको यसरी टाउको लुकाएर बस्न मिल्दैन । २०४७ सालको संविधानको वैधानिकता सकिएको छैन । नेपाल र नेपालीको अस्तित्व कायम राख्न अव २०४७ सालकै संविधानलाई नैं कार्यान्वयन् गरेर, राज्यका प्रमुख अङ्गहरु– नेपाली सेना, प्रहरी, प्रशासन तथा हामी सबै देशभक्तहरु सशक्त भएर देश बचाउन सक्नुपर्छ ।


0 comment