काठमाडौं – राजधानीको कपनमा व्यवसाय सञ्चालन गर्दै आएकी निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा झापा धुलाबारी निवासी विनोद विक पक्राउ परेका थिए । 

आज सरकारी वकिलको कार्यालयले आरोपी विनोद विश्वकर्मासँग बयान लिएको छ साथै सरकारी वकिलको कार्यालयले बयान सम्पन्न गरेर दुईजनाविरुद्ध पनी मुद्दा दायर गरेको छ । हत्यामा संलग्न विनोद र उनले लुटेको सुन धरौटीमा राख्ने प्रदीप गदाईलीविरुद्ध पनी मुद्दा दायर भएको छ ।

कपनको सरस्वतीनगरीस्थित निरु किचन सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ गते हत्या भएको थियो । घटनामा प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै चौतर्फी आलोचना भईरहेको वेला निरा हत्यामा संलग्न आरोपी ९ दिनपछि मात्र पक्राउ परेका थिए ।