काठमाडौं - यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रशासन हुने भएको छ ।
त्यसअघि बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । ।
कार्यतालिका अनुसार आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने छ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कुल ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको छ ।
0 comment