काठमाडौं - भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै हुनुहुन्छ । 

नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न  उहाँ नेपाल आउन लाग्नुभएको हो ।

उहाँलाई भोलि राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाल र भारतले एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले भारतीय सेना प्रमुख द्विवेदी नेपाल आउन लाग्नुभएको हो ।

मंसिर ९ गतेसम्म नेपाल बसाइको क्रममा द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।