काठमाडौं - सहकारीको रकम ठगी गरेको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ।
टोलीविरूद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मङ्गलबार साँझ विमान मार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गोर्खा मिडियाका पूर्वसञ्चालक समेत रहेका जोशीसँग आजबाट अनुसन्धानको काम आजदेखि सुरु गर्ने काठमाडौं प्रहरीले जनाएको छ ।
पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत रकम अपचलन गरेको प्रकरणमा गत असोज ६ गते जोशीलाई पक्राउ गरि पोखरा लगिएको थियो ।
त्यस्तै, सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ परेका छन् । उनलाई पनि कास्की प्रहरीले अनुसन्धानका लागि पोखरामै राखेको छ ।
जोशीको बयान सकिएपछि लामिछानेलाई पनि काठमाडौं ल्याउने प्रहरीको तयारी छ । त्यस्तै, सहकारी ठगीमा जोडिएका कुमार रम्तेलसँग पनि बयान लिएर प्रहरीले कास्की फर्काइएको थियो।
0 comment