काठमाडौं - साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले आज प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

सीआईबीले प्रसाईंलाई हिजो बिहान भक्तपुरस्थित आफ्नै घरबाट विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै पक्राउ गरेको थियो ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिदैँ अफवाह फैलाएको आरोप छ ।