काठमाडौं – सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा, राजविराजस्थित शिव इन्टरनेसनल सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव रहेको प्रहरीले जनाएको छ । 
विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा करेन्ट लागेर यादवको ज्यान गएको हो ।

विद्यालयले नै विजुलीको तारमा हुकिंग गर्न भनेपछि उक्त घटना भएको भन्दै विद्यार्थीहरु छानबिन र क्षतिपूर्तिको माग गर्दै केही बेर सडक जाम र टायर बालेर गरेर प्रदर्शन गरेका थिए ।

अहिले त्याहाँको अवस्था साम्य भएको प्रहरीले जनाएको छ ।