काठमाडौं - प्रहरीले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दैलेखका दुई होटल सञ्चालकलाई पक्राउ गरेको छ। 

प्रहरीले दैलेख सदरमुकामस्थित ज्वालामुखी होटलका सञ्चालक ४० वर्षीय तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक ३० वर्षीय दिपेन्द्र कटुवाललाई पक्राउ गरेको हो। 

न्यौपाने र कटुवाललाई आफ्नै होटलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा होटलबाटै पक्राउ गरिएको हो। 

उनीहरुमाथि दैलेख जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।