काठमाडौं - पपुवा न्युगिनीले संयुक्त राज्य अमेरिकासँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ।
सम्झौताले अमेरिकी सेनालाई पपुवा न्युगिनीका हवाई क्षेत्र र बन्दरगाहहरूमा पहुँच प्रदान गरेको छ।
सुरक्षा सहयोग सम्झौता भएको बताउँदै प्रधानमन्त्री जेम्स मारापेले भने, 'प्रशान्त टापुले संयुक्त राज्य अमेरिकासँग आफ्नो सम्बन्धलाई ‘उच्च’ बनाइरहेको छ।' ब्लिन्केनका अनुसार दुवै देशले एकअर्काको जहाजको प्रयोग गर्न, प्राविधिक विशेषज्ञता आदानप्रदान गर्न र समुन्द्रमा ‘राम्रो गस्ती’ गर्न सक्नेछन्। 'हामी भविष्यलाई आकार दिन सँगै काम गरिरहेका छौं। हामी हाम्रो साझेदारीलाई अर्को स्तरमा पुर्याउन निकै उत्सुक छौं,' उनले भने।
राजधानी पोर्ट मोरेस्बीमा दक्षिण प्रशान्त क्षेत्रका १४ टापु राष्ट्रका नेतासँग अमेरिकी बैठक सुरु हुनुअघि रक्षामन्त्री विन बकरी डाकीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग सम्झौतामा हस्ताक्षर गरेका थिए।
पपुवा न्यूगिनीसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेर यस क्षेत्रमा तैनाथ हुने अमेरिकी सेनाको क्षमता पनि विस्तार गरिने ब्लिन्केनले बताएका छन्।
अमेरिकाले प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिलाई लिएर चिन्ता व्यक्त गर्दै आएको समय उसले रणनीतिक सहयोगको बदलामा कूटनीतिक र वित्तीय प्रोत्साहनका साथ राष्ट्रहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ।
0 comment