काठमाडौं – जापान पठाउने भन्दै साँढे २ करोड ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ र झापाका ३६ जना युवाहरुले ठगी गरेको आरोपमा उनी विरुद्ध उजुरी दिएका थिए ।

एक वर्षदेखि फरार रहँदै आएका राजवंशीविरुद्ध ३६ जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजरी परेको थियो । 

जिल्ला प्रहरी कायर्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार उनलाई विराटनगरबाट पक्राउ गरिएको हो ।