काठमाडौं - अर्घाखाँची प्रहरीले करोड बढी ठगीको आरोपमा कपिलबस्तुका २ दिदीभाइलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कपिलबस्तुको बाणगंगा नगरपालिका - ७ बस्ने दिदीभाइ सिता रेग्मी र मोविन रेग्मी रहेका छन् । सन्धिखर्क नगरपालिका-१ का रामबहादुर बस्नेतको उजुरीपछि फरार भएका उनीहरुलाई खोजतलाशको क्रममा प्युठानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी मुकुन्द रिजालले बतए। 

कपिलबस्तुको मोतिपुर भन्ने स्थानमा रहेको दश कट्ठा ६ धुर जग्गा खरिदको लागि पिडित बस्नेतले १ करोड ३२ लाख ५५ हजार रुपैयाँ दिएको र पटक-पटक अनुरोध गर्दासमेत जग्गा नदिएको र पैसा पनि फिर्ता नदिएको पिडित बस्नेतको आरोप छ। 

पक्राउ परेका दुई दिदीभाइको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।