काठमाडौं – आइतबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष र तटस्त छानबिन हुनु पर्ने बताएका छन् । साथै यो प्रकरणमा दोषीलाई उम्काउन खोजिएको भन्दै आशंका व्यक्त गरेका छन् । 

उनले घटनाको अनुसन्धानमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताएका छन् ।  राजतीनिक अभिष्ट साध्नका लागि निर्दोषलाई फसाउने काम अपराध भएको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा अझैं आगो बल्ने उनको भनाइ छ । ओलीले भने,’आगो लागेपछि छोप्न सकिन्छ तर धूँवा छोप्न सकिदैन ।’ त्यसैले ’दोषीलाई उम्काउने कोशिस भइरहेको छ । निर्दोषलाई फसाउने प्रयास भइरहेको छ । यो कुरा बन्द गरियोस् । दोषीमाथि कारबाही दृढताका साथ अघि बढाइयोस् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यसअघि जेठ २९ मा परेको निवेदनमा पक्राउ परेकाहरूलाई किन छोडियो ? भन्दै प्रश्न गरका छन् । उनले भने, ’पुलिसले छोडेको होइन । छोड्न बाध्य बनाइयो । ढाकछोप गर्ने दुष्साहस नगरियोस् ।’

पक्राउ परेकामाथि ५५ दिन अनुसन्धान गरेर प्रहरीले आजै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । पक्राउ परेकाहरूले  ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको खुलेको छ ।