काठमाडौं - भारतीय रिजर्व बैंकले दुई हजारको नोट नचलाउने निर्णय गरेको छ।

रिजर्व बैंकको निर्णयसँगै अब भारतमा दुई हजार दरको नोट नचल्ने भएको छ। रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजार बराबरको दुई हजार दरको नोट सटही गर्न सक्नेछन्। भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजार दरको नोट जारी नगर्न आग्रहसमेत गरेको छ। 

भारत सरकारले यसअघि ५०० र १००० दरको नोटमा प्रतिबन्ध लगाएको थियो। सोहीबेला देखि दुई हजार दरको नोट प्रचलनमा ल्याइएको थियो।