काठमाडौ – कोलम्बियामा विमान दुर्घटना भएको १८ दिनपछि ११ महिनाको बच्चासहित ४ जनाको जीवितै उद्धार गरीएको छ ।
विमान दुर्घटना भएको दुई हप्तापछि अमेजन जङ्गलमा चार जना बालबालिकालाई जीवितै भेटाइएको जानकारी कोलम्बियाका प्रधानमन्त्रीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले यो देशकै लागि आनन्दको खबर भएको उल्लेख गरेका छन् ।
गएको मे १ मा विमान दुर्घटना भएकोमा विमानमा यात्रा गरिरहेका नाबालिगहरूको खोजी गर्न तालिम प्राप्त कुकुरसहित एक सय जना भन्दा धेरै सिपाहीहरु तैनाथ गरिएको थियो ।
दुर्घटनामा पाइलट र बच्चाकी आमासहित तीन जनाको ज्यान गएको थियो । १८ दिन सम्म हराई रहेका ११ महिनाको बच्चासहित ४ जना वालवालिकहरु जङ्गलमा रुखका हाँगा भाँचेर बनाइएको सानो आश्रय स्थलमा बसेको खबर समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
0 comment