काठमाण्डौ–पाकिस्तानको कोहट सहरमा कोइला खानीमा विवाद हँुादा १६ जनाको ज्यान गएको छ ।
कोहटमा रहेको कोइलाखानीमा दुई आदिवासी समुदाय बीचको विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयले जनाएको छ ।
बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।
दुवै पक्षले आफ्नो अडान नछाडेपछि उक्त घटना भएको कोहट प्रहरीले जनाएको छ ।
0 comment