काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई ३–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४२ औं मिनेटमा आन्द्रेस नियाले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । ७७ औं मिनेटमा अफिजले आफैँ गोल गर्दै अग्रता २-० मा पुर्‍याए । ८३ औं मिनेटमा अफिजले व्यक्तिगत दोश्रो गोल गर्दै मछिन्द्रको ३–० को जित सुनिश्चित गरे ।

जितसँगै १८ खेलबाट ३० अंक बटुल्दै मछिन्द्र लिग तालिकाको तेश्रो स्थानमा छ भने समान खेलबाट १७ अंक बटुलेको खुमलटार पुछारमा छ ।

आजै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालमा भएको खेलको ५० औं मिनेटमा मेनुयल नानाले गोल गरेपछि हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर ७४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै संकटाले बराबरी गर्‍यो ।

बराबरीसँगै १८ खेलबाट ३० अंक बटुल्दै हिमालयन शेर्पा क्लब नवौं स्थानमा उक्लिएको छ भने समान खेलबाट २१ अंक बटुलेको संकटा ११ औं स्थानमा छ ।