काठमाडौं - नेपाल भलिबल लिग (एनभिएल)को चौथो दिनको दोस्रो खेलमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई पराजित गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा साँझ ७ बजे सुरु भएको खेल ५ सेटसम्म लम्बिएको हो। जसमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई ३–२ सेटले पराजित गर्यो। कर्णाली शिवराजले पहिलो तेस्रो र पाँचौं सेट जित्दै खेल जितेको हो।
कर्णालीले २५-१६,२३-२५,२५- २३, १९- २५ र १५ -९ ले खेल जितेको हो। खेल जिते पनि टोलीले सगरमाथासँग अङ्क बाँडेको छ। हालसम्म अपराजित रहेको कर्णाली शिवराजले लगातार तेस्रो जित दर्ता गर्दै फाइनल यात्रा बलियो बनाएको हो। आजको खेलमा कर्णाली शिवराजसँग हार्दा सगरमाथा स्मसर्स भने लगातार दुई खेलमा अपराजित रहेको लय कायम राख्न सकेन।
आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले मधेस वारियर्सलाई ३-१ सेटले पराजित गरेको हो।


0 comment