काठमाडौं - नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार मलेसियाको क्वालालुम्पुरस्थित बायुमास ओभलमा भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भएको थियो । १४८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा आएको ओमानका ब्याटरहरू नेपाली बलरसामु खुलेर खेल्न सकेनन् ।ओमान २८.१ ओभरमै ६० रन बनाउँदै अलआउट भयो ।
नेपालका तर्फबाट दीपेन्द्रले ५१ रन जोडे भने बसिरले ४७ रन बनाए । गुलशन झा ७, करण केसी ५, कप्तान सन्दीप लामिछाने ३ र शेर मल्ल शून्यमा आउट भए । ओमानका जय ओडेडरा र हसनाइन साहले ३–३ विकेट लिए ।
ओमानका लागि जतिन्दर सिंहले २५ रन बनाए । जितेन रामानन्दीले १३ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । अब नेपालले यूएईसँग फाइनल खेल्नेछ ।


0 comment