काठमाडौं - बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिला रोजमेरी श्यान्डको शनिबार लण्डनमा एक भव्य समारोहकाबिच राज्याभिषेक भएको छ ।

यसै अवसरमा संयुक्त राज्य अमेरिका, चीन, युरोपेली मुलुकलगायत विश्वभरका नेताहरूले राजा चार्ल्स र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन्। 

अमेरिकाका राष्ट्रपति जो वाइडेनले प्रथम महिला जिल बाइडेनले प्रत्यक्ष उपस्थित भई उनीहरूलाई बधाई दिएको बताएका छन्। उनले अमेरिका र बेलायतबीचको स्थायी मित्रताप्रति सद्भाव व्यक्त गरेका छन्। उनले ट्वीट गर्दै दुई देशको सम्बन्ध जनताका लागि शक्तिको स्रोत भएको बताएका छन्। शुक्रबार प्रसारित एक अन्तर्वार्तामा उनले जुलाईमा ७४ वर्षीय चार्ल्सलाई भेट्ने र विशेष गरी वातावरणीय विषयमा कुरा गर्ने बताएका छन्। 

चीनका राष्ट्रपति सी चिनफिङले राजा को कार्यकालको सफलताको कामना गर्दै बेलायतलाई ‘स्थिर र पारस्परिक लाभका लागि काम गर्न’ आग्रह गरेका छन्। 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का दुवै स्थायी सदस्य चीन र बेलायतले शान्ति, विकास र सबैको विजय ऐतिहासिक प्रवृत्तिलाई संयुक्त रूपमा अगाडि बढाउन दीर्घकालीन र रणनीतिक दृष्टिकोण अपनाउनुपर्ने उनले बताए। 

युरोपेली संघ (ईयू)की कार्यकारी प्रमुख, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले राज्याभिषेकलाई ‘बेलायती राजशाहीको स्थायी शक्तिको प्रमाण’ भनेका छन्। भोन डेर लेयेनले वेस्टमिन्स्टर एबेमा आयोजित भव्य समारोहमा आफ्नो तस्बिरसहित ट्वीट गर्दै लेखेका छन्, 'स्थिरता र निरन्तरताको प्रतीक।'

ईयू परिषद्का अध्यक्ष चार्ल्स मिसेलले सन् २०१६ मा बेलायतले ईयूबाट बाहिरिने पक्षमा मतदान गरेको २७ राष्ट्रको समूहका सदस्यराष्ट्रले समझदारी र सम्मानलाई बढावा दिने राजाको विशाल अनुभव र पृथ्वीको दिगोपनलाई बढावा दिन गरेको अथक प्रयासको सराहना गरेको बताए। 

भ्रमणका लागि केन्या पुगेका जर्मन चान्सलर ओलाफ स्कोल्जले पनि जलवायु परिवर्तनसँग जुध्नका लागि नवनियुक्त राजाको चासोको स्वागत गर्दै उनको राज्याभिषेकका लागि बधाइ ज्ञापन गरे। 'उनी ‘ग्रेट ब्रिटेन’ र युरोपेली संघबीच घनिष्ठ सहयोगका लागि प्रतिबद्ध छन्। यो धेरै महत्वपूर्ण छ। जलवायु परिवर्तनका प्रभावबाट पृथ्वीको संरक्षणलाई अगाडि बढाउनका लागि आफ्नै व्यक्तिगत एजेन्डा पनि छ,' स्कोल्जले भने, 'यसले हामीलाई पनि मद्दत गर्नेछ।'

राज्याभिषेक समारोहमा इटालीको प्रतिनिधित्व राष्ट्रपति सर्जियो माटारेलाले गरेका छन्। इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनीले उनीमार्फत् 'राजा चार्ल्स तृतीय, रानी क्यामिला र सम्पूर्ण बेलायती जनतालाई शुभकामना’ पठाएका छन्। सामाजिक सञ्जालमार्फत् सम्प्रेषित सन्देशमा उनले ‘वेस्टमिन्स्टर एबेको दुर्लभ 'मोजक फ्लोर'मा संलग्न इटालियन शिल्पकौशलको प्रतीकात्मकतालाई’ देखेको बताएका छन्। 

उनले भने, 'प्राचीन ‘कोस्मती फुटपाथ’मा राज्याभिषेकका लागि राखिएको फर्निचरको सजावट ‘कुशलतापूर्वक सिर्जना गरिएको र विश्वलाई चकित पार्न र इटाली र यूके बीचको ऐतिहासिक र फलदायी सहयोगलाई सम्झनका लागि’ प्रयाप्त आधार भएको भन्दै राजा चाल्र्स तृतीयसँगको सहकार्यले दुई देशको सम्बन्ध थप मजबूत हुने विश्वास व्यक्त गरेका छन्। 
 
ग्रीसको विदेश मन्त्रालयले अङ्ग्रेजीमा ट्वीट गर्दै चाल्र्सका पिता प्रिन्स फिलिपको जन्म सन् १९२१ मा कोर्फु टापुमा भएको स्मरण गरिएको छ। ग्रीसले उनी (चार्ल्स) को ‘आफ्नो कर्तव्यमा सफलता’ को कामना गर्दै उत्कृष्ट सहयोग जारी राख्न र द्विपक्षीय ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आतुर रहेको बताएको छ।