काठमाडौं – भण्टा विशेषत तरकारी र अचार रुपमा प्रयोग गरिन्छ । यतीमात्र हैंन भण्टाबाट अनेकौं फाईदा पनि छन् स्वास्थयको साथै आर्थोपार्जनको लागि निक्कै गतिलो माध्यम पनि बन्ने गर्दछ । तसर्थ भण्टाखेती कसरी, कौशि वा गमलामा गर्न सकिन्छ, यसबारे जानी राखौं । 

भण्टा खेतीको लागि कस्तो हावा पानी उपयुक्त हुन्छ ?

भण्टा न्यानो गर्मी मौसमको वाली हो तर नेपालको भौगोलिक विविधताले गर्दा तराईको लागि हिउँदेवाली, वेसी र खोच क्षेत्रको लागि वसन्ते तथा मध्य पहाडको लागि वर्षे वालीको रुपमा लिइन्छ । तापक्रमको हिसावले २२–३२ डि.से. सवभन्दा राम्रो मानिन्छ ।

भाण्टमा कुनकुन पोष्टिक तत्व पाईन्छ ?

भण्टामा प्रोटिन, भिटामिन ए, वी, सी, तथा खनिज पदार्थमा पोटासियम, क्याल्सीयमले वढी तौल हुने मानिसको लागि वढी फाइदाजनक हुन्छ । 

भण्टालाई कुनकुन रुपमा प्रयोग गर्न सकिन्छ ?

भण्टा विशेषत तकारीको रुपमा पकाएर खाईन्छ । काँचो भण्टालाई पोलेर अचार वनाएर पनि प्रयोग गरिन्छ । यसलाई आलु र गोलभेडा सँग मिसाएर वढी मात्रामा प्रयोग गरिन्छ । 

 भण्टाको सेवनले कुनकुन रोगलाई कम गर्न मदत गर्दछ ?

यसको सेवनले रगतमा हुने कोलेस्ट्रोलको मात्रा घटाउने तथा दाँत दुख्ने, कलेजो र मधुमेहका रोगीलाई औषधिको काम गर्दछ । सेतो जातको भण्टा मधुमेह रोग हुने मानिसको लागि उपयोगी हुन्छ ।

आवश्यक सामाग्री

–    गमला वा अन्य भाडो २० वटा
–    २० वटा गमालाको लागि १० बोरा माटो
–    २० वटा गमलाको लागि ५ बोरा मल
–    २० वटा गमलाको लागि ५ बोरा बालुवा
–    विउ÷वेर्ना
–    पानी आवश्यकता अनुसार

जातहरु

पुषा पर्पल लङ्ग, नुर्की, पोखा लोकल आदि वा यो भन्दा पनि बजारमा फरक जाँतहरु विक्रमा राखिएको पाईन्छ । 

खती गर्ने तरिका

भाण्टा कौशि खेतिका लागि नर्सरी गरिरहन पर्देन । गमलामा सिधैं बीउ रोपे पनि हुन्छ । वा एउटै गमलामा धेरै विउ उमारेर पछि अन्य गमालामा पनि सार्न सकिन्छ । मलु माटो र बालुवालाई मिश्रण मिसाएर गमलामा भर्ने र तयार भएको विरुवालाई प्रत्येक गमलामा एउटा बोटको हिसावमा रोप्ने र पानी दिने । यो भन्दा अर्काे तरिका हो विरुवा रोप्नु भन्दा पहिले गमलामा भरेको माटोलाई मात्र पानी दिएर ४ दिन पछि बिरुवा रोप्ने । विरुवा रोपेर पानी दिने र अवाश्यकता अनुशार बेला–बेलामा पानी दिने गर्नु पर्छ । 

बाली संरक्षण

थाक्राको आवश्यकता पर्दैन । गमलामा उम्रने झारपातहरुलाई हटाउने वा उखली दिने । रोपेको १५ दिनमा गोडमेल गर्ने । 

रासायनिक मल र विषादी

आर्गनिक उत्पादन हुने भएकाले यसमा रासायनिक मल तथा विषादी केहि पनि प्रयोग न गर्ने । किरा लागेमा हातैले मार्ने । धेरै रोग लागेमा बिरुवानै नष्ट गर्ने र जलाएर पुर्ने ।