काठमाडौं – खुर्सानी एक लोकप्रिय तरकारी तथा मसला बाली हो । खुर्सानी सबै खालको हावापानी भएको ठाउँ र बलौटे दोमट माटोमा उपयुक्त हुन्छ । खुर्सानीको खेती पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र तराई क्षेत्रमा हिउँदको समयमा गर्ने गरिन्छ । नेपालका प्राय सबै भू –भागमा अकबरे खुर्सानीको खेती हुने भएता पनि अकबरे खुर्सानी नेपालको पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ ।

नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा यसको उत्पादन धेरै हुने गर्छ । खुर्सानी धेरै थरीका हुन्छन् । डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि पिरो हुने गर्दछ भने अकबरे खुर्सानी असाध्यै मिठोे र लोकप्रिय खुर्सानी मानिन्छ ।

अकबरे खुर्सानीलाई कस्तो हावापानी चाहिन्छ ?

अकबरे खुर्सानी गर्मी र न्यानो मौसममा हुने वाली हो । तुषारो नपर्ने र न्यूनतम तामक्रम ५ डे.सी. भन्दा तल नजाने ठाँउमा हिउदे बालीको रुपमा गरिन्छ । तापक्रम १८ डि.से. र ३२ डि.से को बीचमा खुर्सानीको बृद्धि र विकास राम्रो हुन्छ । तर ३५ डि.से. भन्दा बढी तापक्रम भएमा फल लाग्दैन र १० डि.से. भन्दा कममा फलको आकार विग्रिन्छ । यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन ।

लाउने समय

अकबरे खुर्सानीको खेति गर्ने समय चैत्रबाट शुरु गरेर बैशाख जेठसम्म हुन्छ । १ हजार मीटर भन्दा माथि चैतमै खेति शुरु गर्नु पर्दछ भने १ हजार भन्दा कमको उचाईमा भने जेठसम्म पनि खेतिगर्न सकिन्छ । 

जातहरु

पूर्वी नेपालमा खेति गरिदैं आएको स्थानिय जातहरु नै उपयुक्त मानिन्छ । यद्यपी नेपाल सरकारले यसको नयाँ जात अनुसन्धान गर्नु पर्ने देखिन्छ । 

आवश्यक सामाग्री

–    माटो २० वटा गमलाको लागि १० बोरा
–    मल २० वाटा गमलाको लागि ६ बोरा
–    बालुवा २० वटा गमलाको लागि ४ बोरा
–    गमला २० वटा
–    बेर्ना २० वटा
–    पानी आवश्यकता अनुसार

खेति गर्ने तरिका

मल, माटो र बालुवालाई एकै ठाउँ मिसाउने । मल चाहि अत्यन्तै राम्रोसँग पाकेको हुनुपर्ने हुन्छ । यसरी मिसाईएको माटोलाई गमलामा भर्ने, पानी दिने र ४ दिन खाली रहन दिने र बेर्ना रोप्ने । यदि तयारी बेर्ना छैन भने सिधैं बीउ मात्र रोप्दा हुन्छ । तर अकबरे खुर्सानीको बेर्नाको उमेर पतिशत कम हुने हुनाले एउटा छुट्टै गमालामा बेर्ना उर्माु राम्रो हुन्छ । बेला बेलामा आवश्यकता अनुसार पानी दिदैं जानु पर्छ । 

बाली संरक्षण

यसमा थाक्रा आवश्यक पर्दैन । रोग तथा किरा कमै लाग्ने भएता पनि वर्षादमा पानीको मात्रा बढि  भएमा रोग लाग्ने देखिन्छ । यसलाई पानीबाट जोगाउनु पर्दछ । झारपात भएमा उखेल्ने, गोडमेल गर्ने र खुला हावा भएको ठाउँमा गमलाहरु राख्ने । 

रासायनिक मल र विषादी

पछिल्लो समय रासायनिक मलको बढ्ता प्रयोगले अकबरे खुर्सानीमा विभिन्न खाले समस्या देखिएको छ । उत्पादन कम हुने तथा बिरुवा नै मर्ने रासायनिक मल र विषादीको प्रयोग नगरी खेती गर्ने । परम्परागत मल प्रयोग गरेर मात्र खेति गर्ने । विषादी पनि प्रयोग नगर्ने किराहरुलाई हातैले मार्ने बढी रोग लागेमा बोटै नष्ट गर्ने । कौशिमा मात्रै खेती गरिने हुनाले बोट नष्ट गर्दा पनि आर्थिक हानी हुँदैन ।