काठमाडौं – ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो।वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल ऋबअतबअभबभ परिवारमा पर्दछ। यसको वैज्ञानिक नाम चाहिं Hylocereus Undatus हो । यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ । यसको लहरा ड्रागनको जिब्रो जस्तै हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस फलको स्वाद गुलियो र अमिलो पनको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम (१/२ के. जी. हुन्छ । यस फलको जातहरुमा रातो बोक्रा र सेतो गूदी भएको, पहेलो बोक्रा र सेतो गूदी भएको, रातो बोक्रा र रातो गूदी भएको जात पर्दछ ।
उत्पत्ती र खेति विस्तार
यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ। दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ । नेपालको लागि नौल फलको रुपमा रहेको यो ड्रागन फल २०५७ सालमा पशु चिकित्सक डाक्टर जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट नेपाल भित्रयाएका हुन् । नेपालमा भने यसको खेति काभ्रे सुनसरी रुपन्देहि गोरखा झापा धनकुटा, दाङ लगायत धेरै जिल्लाहरुमा गर्दै आईएको छ । अन्य मुलुकमा यो फल व्यवसायीक रुपमा स्थापित भए पनि नेपालमा भने यो फलले भर्खरै व्यसायीकता पाउन थालेको छ ।
लगाउने समय
यसको बिरुवा मंसिर देखि फागुनसम्ममा लगाई सक्नु पर्ने हुन्छ । अरु बेला रोपेको बिरुवामा समस्याहरु आउने हुँनाले सबभन्दा उपयुक्त समय भनेको मंसिर र फागुन महिना हो ।
आवश्यक सामाग्री
– गमला आवश्यकता अनुसार
– बिरुवा १० वटा
– माटो ६ बोरा
– बालुवा ५ बोरा
– मल २ बोरा
– पानी १० लिटर
– थाक्रा १० वटा दह्रो बाँसको भाटा वा काठको किला
खेती गर्ने तरिका
मलु माटो र बालुवालाई मिश्रण गरेर गमलामा भर्ने र त्यसैमा ६ ईन्चको लामो बिरुवालाई १ ईन्च माटोमा पर्ने गरि गाड्ने । विरुवालाई आफ्नो चहाना अनुसार फैलाउन सकिन्छ । जस्तै गोलो बनाउने, तेरसो बनाउने वा ठाडो बनाउने आदि ।
रासायनिक मल र विषादी
यसमा रोग र किरा कमै लाग्छ । पानी बढि भएमा कुहिने खतारा हुन्छ । यसमा रासायनिक मल तथा विषादी केही पनि प्रयोग नगर्ने ।
0 comment