काठमाडौं – भारतको उत्तर प्रदेशमा पत्रकारको भेषमा आएरकाहरुले गोली चलाउँदा पूर्वसांसद र उनका दाजुको मृत्यु भएको छ । यसरी हत्या हुनेमा, पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफ रहेका छन् । 

पत्रकारको भेषमा आएरकाहरुले गोली चलाएको प्रहरीका एक आयुक्तले बताएका छन् । गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेको पनि उनको भनाइ छ । हत्या भएका अतिक पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा थिए ।

उनी अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा थिए । सो क्रममा उनले पत्रकारलाई केही प्रतिक्रिया दिइरहेका बेला उक्त घटाना भएको हो । उनीमाथि गोली प्रहार भएको टेलिभिजनमा पनि प्रत्यक्ष देखिएको थियो ।