काठमाडौं - भारतको पञ्जाबस्थित भटिन्डा मिलिटिरी स्टेसनमा गोली चल्दा चार जनाको मृत्यु भएको छ।
बुधबार बिहान ४ : ३५ बजेतिर भएको गोलीकाण्डबाट ४ जना जवानको मृत्यु भएको हो।
गोली चलेको खबर पाउने वित्तिकै परिचालन गरिएको क्वीक रिएक्सन टीमका अनुसार आक्रमणकारी साधारण पोशाकमा आएका थिए।
हाल सो क्षेत्र हाइअलर्टमा राखिएको छ। सेनासँगै प्रहरीले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ। भटिन्डाका एसएसपीले यो आतंककारी हमला नभएको बताएका छन्।
स्रोतका अनुसार केही दिनअघि सो स्टेसनबाट राइफल हराएको थियो। घटनामा सोही राइफल प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ।
0 comment