काठमाडौं – मूलालाई नेपाली समाजमा लोक प्रिय तरकारीको रुपमा धेरै प्रयोग गरिदैं आईएको छ । मूलाको अचार, सिन्की, तरकारी तथा मूलाको परिकार मासुहरुमा पनि मिसाएर खाईने गरिन्छ । मूलाको खेती गर्न पनि सजिलो छ । मूलाको खेती गर्नलाई ठाउँ पनि धेरै चाहिँदैन र डोब पनि चाहीदैन । 

लगाउने समय

पहाडमा फागुन – चैत्र र भदौ – असोज
तराईमा असोज – कार्तिक
काठमाडौं माघ फागुन र भदौ, असोज, कार्तिक
हाल टोकिनाशी र अल सिजन जातका मूला मध्य पहाड तथा काठमाडौं उपत्यकामा १२ महिना लागाउन सकिन्छ । 

जातहरु

४० दिने, मिनो अर्ली र प्यूठाने रातो नेपालकै जातहरु हुन् । यो देश विदेशमा पनि लोकप्रिय पनि छ । खादा मिठो पनि तर विशेषगरि यो जातहरु साउन भदौ र असोजमा मात्र लागनु पर्दछ । विदेशबाट आएको जातहरु टोकिनाशी र अल सिजन भने बाह्रै महिना खेती गर्न सकिन्छ । 

–    माटो १० बोरा
–    मल ५ बोरा
–    बालुवा ५ बोरा
–    विउ ८० दाना
–    पानी आवश्यकता अनुसार

खेती गर्ने तरिका

मल, माटो र बालुवाको मिश्रणलाई गमलामा भर्ने टन्न पानी दिने यसरी पानी दिएको ४ दिनमा खोस्रेर बीउ रोप्ने । एउटा गमालामा २ वटाका दरले बीउ रोप्ने र ३/४ दिनमा बीउ उम्रन्छ । ठुलो गमलामा भने ४ दानासम्म पनि विउ रोप्न सकिन्छ । यदि त्यो हो भने ८० दानाको सट्टामा १६० दाना बीउको आवश्यकता हुन्छ । यदि मूलालाई ठुलो बनाउने हो भने २ दाना र सानो मै खाने हो भने ६ देखि ८ दानासम्म बीउ रोप्न सकिन्छ । 

बाली संरक्षण

मूलामा फड्के किरा, लाही, किरा लाग्न सक्छ हातैले मार्न सकिन्छ । २०/३० वटा गमालामा गरिने खेतीलाई राम्रो हेरचाह गर्न सकिन्छ । बीउ उम्रेको १०–१२ दिनमा गोड्ने पानी दिने गर्नु पर्दछ । आवश्यकता अनुसार पानी दिने खुला हावा आउने ठाउँमा राख्ने, झारपात उखेलिदिने । 

रासायनिक मल र विषादी

मूला स्वयंमा पनि धेरै बर्ष पहिलाबाट नेपालमा खेती हुँदै आएको बाली हो । यसलाई प्राकृतिक रुपमै खेती गर्न सकिन्छ । यसमा रासायनिक मल र विषादी प्रयोग नगरीकनै उत्पादन गर्न सकिन्छ ।