– सरिता के. सी.

काठमाडौं – नेपाल एक अविकसित राष्ट्र हो । जसको कारण यहाँका मानिसहरु आधारभुत आवश्यकताबाट पनि बन्चित छन् । यहाँका मानिसहरु सबैमा शिक्षाको पहुँच पुग्न सकेको छैन । जसको कारणले पनि यहाँ छोरा, छोरी तथा महिला पुरुष बिच ठुलो भेदभावको वातावरण श्रृजना भएको पाईन्छ । जनसंख्याको आधा भन्दा बढि हिस्सा ओगटेको महिलाहरुको विकास निर्माण र अन्य गतिविधिहरुमा न्युन सहभागिता रहेको छ । 

आज पनि महिला र पुरुष बीचमा ठूलो भिन्नता रहेको छ । महिलाले पुरुष सरह समान अधिकार पाउन सकेका छैनन् । पितृसत्तात्मक देश भनेर चिनिने नेपालमा हरेक कृयाकलापमा पुरुषहरुको नै हावी हुन्छ । नेपाली समाजमा घरायसी तहमा गरिने आर्थिक कृयाकलाप, खेती, पशुपालन आदिमा पुरुषहरुको संलग्नता रहे पनि घरायसी काम, कृषि, मेलापात आदी कार्यमा महिलाहरु बढि समय खट्नु पर्ने बाध्यता रहेको हुन्छ । नेपाली महिलाहरु धेरै खटेर काम गर्छन् भन्ने कुरामा कुन दई मत छैन । महिला विहान सबेरै उठेर बेलुका अबेरसम्म काम गर्दछन् तर उनीहरूको कामको कुनै मूल्याङ्कन गरिदैंन । महिलाको कामलाई खाली उत्पादनहिन कामको रुपमा उल्लेख गरिन्छ । विभिन्न रुढिवादि परम्पराले गर्दा पनि पुरुषहरुले महिलालाई हेयको दृष्टिले हेर्ने गर्दछन् । 

महिला भनेका तल्लो दर्जाका नागरिक हुन् उनिहरुले गरेका काम पनि राम्रो हुदैन र उनिहरुले राम्रो काम गर्न पनि सक्दैनन भन्ने पुरुषहरुको घमण्ड रहेको हुन्छ । हरेक घरपरिवार भित्र रहेका आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक आदि कुराहरूमा कसको बढी आधिपत्य रहेको छ भन्ने कुरा नै घरायसि निर्णय प्रक्रिया भन्ने बुझिन्छ। घर सञ्चालनका क्रममा विभिन्न किसिमका निर्णयहरू गर्नुपर्ने हुन्छ । त्यस्तो परिस्थितिमा त्यस्ता निर्णयहरू पुरूष र महिला मिलेर गर्छन् वा पुरूष एक्लै र महिलाले मात्र गर्दछन् भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । 

यस निर्णय गर्ने प्रक्रियामा पनि शिक्षित र रोजगार महिला बढी सक्रिय हुन्छन्कि निरक्षर महिला बढी सक्रिय हुन्छन्भन्ने कुरा पत्ता लगाउन खोजिएको छ । जसमा निरक्षर महिलाको तुलनामा शिक्षित महिलाहरूको भूमिका बढी सशक्त हुन्छ । जहाँ एउटा भनाइ छ कि एउटा पुरूष शिक्षित भएमा केवल ऊ मात्र शिक्षित हुन्छ तर एउटा महिला शिक्षित भइन् भन्ने उसको सम्पूर्ण परिवार नै शिक्षित हुन्छ । त्यस्तै ग्रामीण महिलाहरूको तुलनामा सहरी महिलाहरूको निर्णय अधिकार बढी रहेको पाईन्छ । विश्व जनसंख्याको आधाभन्दा बढी जनसङ्ख्या ओगटेको महिलाहरूको विकास निर्माण र अन्य रचनात्मक गतिविधिहरूमा सहभागिता न्युन रहेको छ । महिला सहभागितालाई विश्लेषण गर्ने हो भने घर, परिवार समाज र राष्ट्र प्रत्येक ठाउँमा उनिहरूको सहभागिता उलेख्य छैन् । जनसङ्ख्याको आधारमा हेर्ने हो भने ५१.५० प्रतिशत (केन्द्रिय तथ्याङ्क विभाग (२०६८) रहेको नेपाली महिलाहरूको राष्ट्रिय योजना आयोगमा उपस्थिति शुन्य छ । “जातीय तथा क्षेत्रीय विविधताका कारण यहाँका महिलाहरूको स्थितिमा असमानाता रहेको पाइन्छ । छोरी प्रतिको व्यवहार र अवधारणा पनि फरक–फरक रहेको पाइन्छ ।” नेपालमा सबै जातिहरूमा पितृसत्तात्मक संस्कृति छ तर पनि हिन्दु धर्म संस्कृतिको प्रभाव परेका मंगोल मुलका जनजातिहरूमा छोरी प्रतिको अवधारणा र व्यवहारहरू केही मात्रामा फरक फरक छन् । 

खासगरी हिन्दु वर्ण व्यवस्थामा बाँधिएका ब्राम्हण, क्षेत्री र नेवारहरुको छोरीहरू प्रति वाध्यात्मक नीति, संस्कार, व्यवहार र चलनहरू बढी छन्। हिन्दु संस्कृतिका तराईका जनजातिहरूका पनि स्थिति करिब उस्तै छन्तर मगर, गुरूङ, राई, लिम्बू, थारू, चेपाङ आदि समुदायहरू अहिलेसम्म पनि जनजातीय स्तरका नजिक रहेका हुनाले तिनिहरूमा बाहुन, क्षेत्री आदिमा जस्तो पितृसत्तात्मक हैकम त्यति चर्को रूपमा पाइदैन । फलस्वरूप यहाँ महिलाहरूप्रतिको व्यवहार केही उद्धार खालको रहेको देखिन्छ । त्यसैले छोरीहरूप्रति पनि केही खुल्ला र उद्धार खालका नीति र संस्कार आदि पाइन्छन्” (प्रश्रित, २०४९) । घरपरिवार चाहे धनि होस् या गरिब, घरेलु कार्यक्रमको जिम्मा महिलाहरू उपर नै हुन्छन् । बालीनाली थन्काउनु खाना पकाउनु, सरसफाई एवम्वालक र वृद्धाहरूको हेरचाह गर्ने कार्य पनि महिलाहरूले गर्नु पर्दछ । जवकि पुरुषहरूले अत्यन्त थेरै समयमात्र घरायसी काममा खर्च गर्दछन् (आचार्य, १९८१) । समग्रमा एउटा परिवार, समाज र सिङ्गो राष्ट्रको समग्र विकासको लागि महिलाहरूलाई पनि घरको महत्वपूर्ण निर्णय गर्नको लागि अवसर उपलब्ध गराइनु पर्दछ जबकी उनीहरूले घर, परिवार, समुदाय र राष्ट्र हुँदै अन्तर्राष्ट्रिय जगतमा समेत एउटा महत्वपूर्ण निर्णयकर्ताको रूपमा उभिन सक्छन् (श्रेष्ठ, २०६०) । समयको परिर्वतन सँगै छोरीलाई पनि पढाउनु पर्दछ भने मान्यताको कारण यस समाजमा छोरी बुहारीलाई शिक्षा दिन थालेको पाइन्छ । 

जसले गर्दा महिलाहरू शिक्षित हुन थालेका छन् र रोजगारीको क्षेत्रमा थोरै मात्रामा संलग्न हुन पुगेका छन् । जसले गर्दा कतिपय ठाउँका शिक्षित महिलाहरूको निर्णय अधिकारमा थोरै संलग्नता रहन पुगेको छ जसको मुख्य कारण पुरुष प्रधान समाज र बढी मात्रामा हिन्दु धर्म मान्य ब्राम्हण जातिको बसोबास रहुनु नै हो । शिक्षित परिवारको हकमा कुरा गर्दा शिक्षित परिवारका सदस्यहरूले धेरथोर मात्रामा महिलाहरूलाई सामाजिक, साँस्कृतिक कार्यमा संलग्न हुने मौका दिने गर्दछन तर अशिक्षित परिवारका सदस्यहरूले महिलाहरूलाई त्यस्तो किसिमको सामाजिक साँस्कृतिक कार्यमा संलग्न हुन नदिने गरेको पाइन्छ। यदि कोही महिला यस्तो कार्यमा संलग्न भएमा अशिक्षित व्यक्तिहरूले ठुली भएकी भन्ने गर्दछन् जसको कारण उनीहरूले महिलालाई जहिले पनि कमजोर वर्गको रूपमा केही थाहा नभएको व्यक्तिको रूपमा लिने गर्दछन् । ग्रामीण क्षेत्र भएको कारणले महिलाहरू विहान ४ वजेदेखि उठेर घरको धन्दा गर्ने देखि लिएर चुलोचौको र कृषिकार्यमा समय विताउने गर्दछन् । 

तर उनीहरूले त्यसै बेलुका ढिलोसम्म गरेको कार्यलाई आर्थिक रूपमा मूल्याङ्कन गर्दैनन् जसलाई पुन उत्पादनको कार्य समेत नभनेको पाइन्छ । जसमा उनीहरूले खाना पकाउने देखि परिवारका सम्पूर्ण सदस्यहरूलाई खानदिने, बाल बच्चालाई खुवाउने, सरसफाई गर्ने र अरु कार्यसमेत गर्ने गर्दछन् । ३० प्रतिशत भन्दा बढी नेपाली महिलाहरू बिहान चार बजेदेखि बेलुका दस बजेसम्म घरभित्र र बाहिरका काममा निरन्तर लागेका हुन्छन् । राष्ट्रिय आयमा उनीहरूको श्रम न्य्न मात्रामा छ। ग्रामिण क्षेत्रका १३ प्रतिशत महिलाहरू ज्यालादारीमा काम गर्दछन् । दक्षिण एसियामा महिलाहरूको उधोगमा १८ प्रतिशत, नोकरीमा २१ प्रतिशत र सम्पतिमा १५ प्रतिशत स्वामित्व रहेको छ ९ँब्इ, द्दण्ज्ञज्ञ० । समयको परिवर्तनसँगै छोरीलाई पनि छोरासरह शिक्षा दिनुपर्छ भन्ने मान्यता बढ्दै गएको छ । जसले गर्दा बुहारीहरु पनि शिक्षित हुदै गएका छन् । र घरायसि निर्णय प्रक्रियामा पनि केहि संलग्नता रहेको पाईन्छ । अशिक्षित परिवारका सदस्यहरूले महिलाहरूलाई त्यस्तो किसिमको सामाजिक साँस्कृतिक कार्यमा संलग्न हुन नदिने गरेको पाइन्छ । यदि कोही महिला यस्तो कार्यमा संलग्न भएमा अशिक्षित व्यक्तिहरूले पोथी बासेको भन्ने गर्दछन् जसको कारण उनीहरूले महिलालाई जहिले पनि कमजोर वर्गको रूपमा केही थाहा नभएको व्यक्तिको रूपमा लिने गर्दछन् । 

हिन्दु धर्मका अनुसार बिवाहको एउटा प्रमुख उद्देश्य गर्भाधान गर्नु, सन्तान जन्माउनु हो । हिन्दु धर्मले छोरालाई प्रमुखता दिएको छ । यस धर्मका अनुसार छोराले बाबु आमाको मृत्यु पछि नरकबाट पार लगाउँछ भन्ने मान्यता छ । उदाहरणका लागि पति मर्दा क्रियापुत्री छोराले नै बस्नु पर्दछ, श्राद्ध छोराले नै गर्नु पर्दछ, दागबत्ती छोराले नै दिनु पर्दछ जबकि विधवा महिलाले उक्त धार्मिक कार्य गरेमा मृतक पनि स्वर्ग जान पाउँदैनन्, भन्ने अन्धविश्वास रहेको पाईन्छ । आज पनि छोरा नपाउने महिला पटक पटक गर्भवति र सुत्केरी हुनुपर्ने अवस्था छ । पटक पटक महिला गर्भवति हुनुपर्दा महिला शारीरिक मानसिक रुपमा पिडित हुने मात्र हैन दैनिक कयौं महिला मृत्युको शिकार हुन बाध्य भैरहेका छन् । आधुनिक चिकित्सा प्रणालिको बिकासको कारणले कयौं शहरीया बाबु आमा गर्भ परिक्षण गराई छोरा देखिएमा मात्र सुत्केरी गराउने र छोरी देखिएमा गर्भ नै पतन गराउने पनि प्रशस्त घटनाहरू प्रकाशमा आईरहेको छ । यसले गर्दा छोरीलाई आफ्नो जन्मन पाउने पहिलो अधिकारबाट समेत बन्चित गरिने मात्र नभई गर्भवती महिलाको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने अवस्था रहँदै आएको छ । यस्तो समस्यामा पुरुषहरु सहयोग पनि गर्दैनन्र महिलाले साथ पनि पाउँदैनन् । 

महिलाले जस्तो सुकै परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ । नेपाल लामो समयदेखि अर्धसामन्ति अवस्था पार गरी नसकेको एउटा सानो मुलुक हो । अर्धसामन्तिक समाज भन्नाले पूर्ण रूपमा आफूमा अधिकार नरहेको र सम्पूर्ण निर्णयको लागि अरुमा भर पर्नुपर्ने भन्ने बुझिन्छ । यहाँको समाजमा पनि महिलाहरूले पूर्ण रूपमा पुरुषको भर पर्नुपर्ने र उनीहरूले आफ्नो सो इच्छा अनुसारको कार्य गर्न नपाउनु नै हो । छ देशको भौगोलिक विकटता, जाति, धर्म, संस्कृति, परम्परा, अन्धविश्वास आदिले पनि महिलाहरूलाई पुरूष सरह कुनै पनि क्षेत्रमा अवसर दिइएको पाइदैन । 

पुरूष प्रधान वा पितृसत्तात्मक सामाजिक संरचनाले अधिकांश महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्दै आएको पाइन्छ । यसरी एकातिर हाम्रा सामाजिक, धार्मिक, परम्परा र अन्धविश्वासका कारण महिला माथि पक्षपातपूर्ण व्यवहार छ । अर्कोतिर महिलाको पैतृक सम्पत्तिमा हक छैन । बाबु दाजुभाइको निगरानीमा प्राप्त दाइजो वा सेवामा चित्त बुझाउनु पर्ने परम्परागत सोचबाट समाज मुक्त हुन सकेको छैन । सहरी क्षेत्रका सीमित महिलाहरू अगाडि आउन सके पनि ग्रामीण क्षेत्रको महिला अगाडि बढ्न सकेका छैनन् । त्यस्तै श्रमका आधारमा भन्ने हो भने ग्रामीण क्षेत्रका महिलाहरू दिनमा १८ घण्टा काम गरेर आर्थिक क्रियाकलापमा संलग्न रहे पनि उनीहरूकोत्यस माथि निर्णय अधिकार वा स्वामित्व रहँदैन । यसको मुख्य कारण पितृसत्तात्मक समाज, परम्परागत मूल्य र मान्यता चेतनाको कमी, साधन स्रोतमा महिलाको पहुँच नहुनु नै हो (मिश्र, २०६३)। नेपालको समाजमा अधिकांश महिलाहरु पुर्ण रुपमा पुरुषमा निर्भर रहेका छन् । 

महिलाहरुलाई कुनै पनि क्षेत्रमा पुरुष सरह अवसर दिन सकेको छैन । सहरी क्षेत्रका सिमित महिलाहरु अगाडि आउन सके पनि ग्रामिण क्षेत्रका महिलाहरु अगाडि बढ्न सकेका छैनन् । यदि धनि परिवारको बुहारी भित्रयाइएमा परिवारका सबै सदस्यहरु भनेको कुरालाई पालन गर्दछन्जस्तै एउटा गरिब परिवारमा ग्यास छैन उनीहरू पहिला दाउरा खोजेर खाना पकाउने गर्दथ्थे तर एउटा धनी परिवारको केटी बुहारीको रूपमा आइन र उनले त्यो कालो भाँडा माझ्न सक्दिन भन्ने परिवारका सदस्यले ग्यासमा खाना पकाउन थाल्दछन् जसले गर्दा शिक्षित र खान्दानि परिवारबाट आएका महिलाहरूले आफ्नो गाउँमा र घरमा केही परिर्वतन गर्दछ । 

एउटा शिक्षित महिला गाउँमा आए पछि उसले गाउँका अरु दिदी बहिनीलाई सरसफाइदेखि लिएर शिक्षा समेत दिएर साक्षर बनाउने प्रयास गर्दछिन। महिलाको सामाजिक आर्थिक अवस्थाले सामाजिक भुमिकामा प्रभाव पार्दछ । घरायसि निर्णयमा महिलाको अधिकार नहुनुमा एक पैमुख कारण त अशिक्षा नै हो । शिक्षित महिलाको सामाजिक, आर्थिक, धार्मिक लगायत अन्य क्रियाकलापको निर्णय अधिकारमा सहभागिता पाइन्छ । त्यस्तो कमै परिवार छ जसमा घरमूली महिला भएर सञ्चालन गरिएको जनगणना २०११ को केन्द्रीय तथ्याङ्कबाट हेर्दा जम्मा १८.०२% घर परिवार मात्र महिलाबाट सञ्चालित भएको देखिन्छ ।