काठमाडौं – दक्षिण अमेरिका पेरु तथा बोलिभियाको सिमाक्षेत्र ब्लमभक पहाडी क्षेत्रमा उत्पति भएको मानिने आलु नेपालमा भने अठाह्रौ शताब्दीको लगभग अन्तिम समयदेखि खेति सुरु भएको मानिन्छ । आलु क्यबिलबअभबभ परिवार अन्तर्गत पर्दछ । उच्च पहाडि भागमा खाघान्नबालीको रुपमा र तराई तथा मध्य पहाडी क्षेत्रमा तरकारी वालीको रुपमा प्रयोग गरिन्छ ।
खास गरेर आलु खेती नेपालको पुरानो बाली हो । यसलाई तरकारी तथा खाद्य बाली दुवै रुपमा लिन सकिन्छ । खद्य बालीमा चौथो अंगको रुपमा यसलाई लिईन्छ । यसको खेती गर्न सजिलो पनि छ । माटो मुनी फल्ने हुनाले यसलाई खुकुलो खाले माटो आवश्यक पर्छ । हिमाल देखि तराई सम्म नै यसको खेती गर्न सकिन्छ । कौशीमा पनि गमला र अन्य भाडोमा खेती गर्न मिल्छ । ठुलो गमलामा प्रर्याप्त मात्रामा कम्पोष्ट मल राखेर खेती गर्दा एउटै बोटमा ४ किलो सम्म आलु फलाउन सकिन्छ ।
लगाउने समय
काठमाडौं उपत्यक – फागुन – चैत्र र साउन – भदौ
तराई – मंशिर – पुष र माघ
मध्य पहाड – माघ – फागुन – चैत्र र भदौ – असोज
जातहरु
सेतो, रातो, र निलो जातका आलु लगाउन सकिन्छ ।
आवश्यक सामाग्री
– गमला २० वटा
– माटो २० बोरा
– मल १० बोरा
– बालुवा ४ बोरा
– भुष ४ बोरा
– बीउ २० दाना
– कुटो १ वटा
– पानी आवश्यकता अनुसार
खेती गर्ने तरिका
मल, माटो, बालुवा र भुषलाई मिसाएर गमलामा भर्ने पानी दिएर ४–५ दिन खाली राख्ने यसपछि खोस्रेर आलुको बिउ रोप्ने । ४ देखि ६ दिनमा आलु उम्रन्छ ।
बाली संरक्षण
हप्ता दिनमा पानी दिने, आलु बोट वरपर उम्रेको झारपात उखेल्ने, आलु उम्रेको १६ दिन पछि गोड्ने र हल्का खोस्रिने फेरी पनि पहिलो पटक गोडेको १० दिन पछि उकेर लगाउने बोट वरपर माटो लगाउने यसो गर्दा आलुलाई माटोले छोप्छ र ठुलो हुन्छ ।
रासायनिक मल र विषादी
यसमा पनि रासायनिक मल र विषादीको प्रयोग नगर्ने कम्पोष्ट मलको मात्र प्रयोग गर्ने ।
0 comment