काठमाडौं – भिन्डी अथवा रामतोरिया कपास परिवारको एक पौष्टिक तरकारी हो । यसको उत्पत्ति क्षेत्र अफ्रिका वा एसियाको उष्ण भाग भएको मानिन्छ । यसको फल तारेर वा पकाएर तरकारीको रूपमा प्रयोग गरिन्छ । मुख्य रुपमा अचार र तरकारी बनाएर खाईने यो तरकारी केही रोगहरुमा पनि फाईदाजनक रहेको छ । यसमा भएको चिप्लो पदार्थ कागज उद्योगमा प्रयोग गरिन्छ । रामतोरियामा भिटामिन ए.वि.स.र फलाम प्रशस्त पाइन्छ । यसले पाचन प्रक्रियामा सहयोग गर्दछ । नेपालमा मध्य पहाड तथा तराईका सबै शहरहरुमा यसको खेती गर्न सकिन्छ । एउटै बोटमा २० देखि २५ वटा सम्म फल्ने यो भिण्डि छिप्पनु भन्दा अगावै टिप्नु पर्दछ । 

लागउने समय

तराईमा पुष–माघ देखि नै लगाउन सकिन्छ भने मध्य पहाडमा फागुन–चैत्र देखि लगाउन सकिन्छ । यस्तैगरी काठमाडौं उपत्यकामा फागुन, चैत्र, बैशाख र जेठमा लगाउन सकिन्छ । 

जातहरु

पुषा सावनी, अर्का अनामिक जातका भिण्डिहरु लगाउनु पर्दछ । यसमा मलको मात्र राम्रो भएमा १ मिटर देखि १.५ मिटर सम्म अग्लो हुन्छ । 

आवश्यक सामाग्री

–    गमला १० वटा
–    मल ३ बोरा
–    माटो ५ बोरा
–    बालुवा २ बोरा
–    बेर्ना वा विउ दाना २० वटा
–    पानी आवश्यकता अनुसार

खती गर्ने तरिका 

मल, माटो र बालुवाको मिश्रण बनाएर राख्ने र पानी भर्ने ४ दिन पछि बीउ २ दानाको हिसाबमा एउटा गमलामा रोप्ने । ४–५ दिनमा बीउ उम्रन्छ र आवश्यकता अनुसार पानी दिनु पर्दछ । 

बाली संरक्षण

बिरुवा उम्रेको १५ दिन पछि हल्का गोडमेल गर्नु पर्दछ । गोडमेल पछि पानी दिने यदि कमलो विरुवा भएमा थाक्रा दिनु पर्दछ । यसको फूल फुल्दा गार्डेन र कौशी पनि रामाईलो देखिन्छ । 

रासायनिक मल र विषादी

यसमा किराहरु लाग्छन् तर थोरै बोट भएकोले पनि हातैले मार्न सकिन्छ । रोग कम लाग्ने हुन्छ । विहान, बेलुका समय निकालेर बिरुवालाई रेख–देख गर्नु पर्दछ । यसमा रासायनिक मल, विषादीहरु प्रयोग नगर्ने ।