हरियो धनियाँ मसलाका रूपमा वा खानालाई सजाउने र सुन्दर देखाउनका साथै अचारको रूपमा पनि प्रयोग गरिन्छ । धनियाँको प्रयोग हामी सकेसम्म यीनै कामका लागी प्रयोग गर्छौ तर यसले स्वास्थ्यमा गर्ने फाइदा बारे भने हामीलाई त्यति ज्ञान छैन् । नेपाल तथा भारतमा मासु तथा तरकारीहरुमा हालेर खाईने मसला हो । यसको वियाँबाट धुलो मसला र हरियो पातलाई सिधै तरकारीहरुमा मसिनो काटेर हालेर खाईन्छ । यसको खेती गर्ने तरिका सजिलो पनि छ । त्यसैले आउनुहोस आज कौशीमा धनियाँ खेती कसरी गर्ने प्रविधिबारे जानकारी लिऔं ।

आवश्यक सामाग्री

–    गमला, प्लाष्टिक थैला, काँठको भाडो वा बाँसको भाडा जुन मध्ये एक भए पुग्ने । २ वटा, ४ वटा आवश्यकता अनुसार
–    धनियाँको बीउ १०० ग्राम
–    माटो सिमेन्ट बोराको २ बोरा
–    कप्पोष्ट मल सिमेन्ट बोराको १ बोरा
–    पानी ५ लीटर

खेती गर्ने तरिका

बाँसबाट बनाईएको आकर्षक डालोमा माटो, बालुवा र मलको सम्मिश्रण मिलाउने । अनावश्यक खालका ढुङ्गा, काठ, फलाम वा अन्य अवरोधक वस्तु हटाउने । धनियाँको वीउ राख्नु भन्दा पहिले २४ घण्टा भिजाउँदा राम्रो हुन्छ । १०० ग्राम धनियाँको विउ राख्नलाई २ फिट गोलाई भएको गमला गा बाँसको भाडो २ वटा आवश्यक पर्दछ । 

गमला भित्रको माटोमा बीउलाई चारैतिर पर्ने गरि छरेर फेरी माटोले नै पुरी दिनु पर्दछ । यसपछि पुरै माटो भिज्ने गरि पानी दिनु पर्दछ । सुख्खा समयमा हो भने पराल काटेर छोपी दिँदा राम्रो हुन्छ । पराल अनिवार्य हैन हुँदा धेरै राम्रो हो । ३ दिनपछि धनियाँ उम्रन थाल्छ उम्रेको १०–१२ दिनपछि नै उखेल्दै खान सकिन्छ । यो घरमै प्रयोगको लागि गरिने हुनाले फूल निस्कुञ्जेल राखेर खान सकिन्छ । आवश्यकता अनुसार १÷१ हप्तामा पानी दिने । 

रासायनिक मल र औंषधी

यो पुरै घरको प्रयोगको लागि गरिने हुनाले यसमा रासायनिक मल तथा विषादी केही प्रयोग गर्न पर्दैन । व्यावासायिक उत्पादनमा चाहि क्षति धेरै हुने गर्नाले रासायनिक विषादी पनि चलाउनु पर्ने हुन्छ । घरको प्रयोगको लागि भएकोले विषादी नचलाउनु राम्रो हुन्छ ।