काठमाडौं – अदुवा, वैज्ञानिक वर्गीकरण अनुसार जिन्जीविरेसी (Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो । अदुवा नेपालको एउटा महत्वपूर्ण नगदेबाली हो । जुन दुई किसिमका हुन्छन् ति हुन् :-  बोसे र नसे । अदुवाका प्रमुख जातहरुमा कपुरकोट – १, कालीकोटे, रियो डि जेनेरियो, जमैका, सल्यान, इलाम, भोजपुर आदि पर्दछन ।  

नेपाल अदुवा उत्पादनमा विश्वकै तेस्रो मुलुक भएको खवर पनि निकै पुरानो भैसक्यो । दैनिक खबर पत्रिकाले पस्कने यस्ता समाचारले हामीलाई गौरन्वित बनाउँछ । आर्काे तिर अदुवाको मूल्यमा हुने उतार चढावले नेपाली कृषकहरुलाई निराशा र आशाको दुबै संचार पनि गरेको छ । 

यद्यपी यो कौशी खेतीको उद्देश्य भनेको विलकुल घरायासी प्रयोजन मात्र भएकाले मूल्यसंग सम्बन्ध राख्दैन । एउटा परिवारलाई आवश्यक पर्ने अदुवा आफ्नै घरको बरण्डा, छान तथा सानो बचेको जग्गामा समेत गर्न सकिन्छ । 

लगाउने समय

अदुवा पनि विशेष गरि गर्मी मौसममा मात्र सप्रने हुनाले यसलाई चैत, बैशाख, जेठ र असारमा रोप्न सकिन्छ । बजारमा उपलब्ध स्थानीय प्रजातिकै अदुवा लागउन सकिन्छ । 

आवश्यक सामाग्री

– गमला, थैला, बोरा वा बाँस तथा काठबाट बनेका भाँडो आवश्यकता अनुसार । 
– प्रति गमला ४ बोटको हिसावमा १० वटा गमलाको लागि ३ किलो बीउ ।
– मल कम्पोष्ट १० वटा गमलाको लागि ३ बोरा ।
– माटो ५ बोरा ।
– बालुवा ३ बोरा ।
– धानको भुष ३ बोरा ।
– पानी १० लीटर ।

नोट : – भुष अनिवार्य छैन तैपनी व्यवस्था गर्दा हुन्छ । 

अदुवाको बीउको बोट हुर्कि सकेपछि भने बिउ निकालेर खान सकिन्छ । 

खेती गर्ने तरिका

मल, माटो, बालुवा र भुसको मिश्रणलाई गमला, बोरा, थैला वा अन्य उपलब्ध भाडोमा टन्न भर्ने, सम्म बनाउने पानी दिनु पर्ने हुनाले गमलामा १ ईन्च भन्दा कम मात्र पानी हाल्ने ठाँउ राखी माटो मिलाउनु पर्दछ । 

त्यसरी मिलाईएको गमलामा अदुवाको आधा फीटको फरकमा ४ वटा अदुवा रोप्ने र हल्का पानी दिने यदि माटोमा चिस्यानको मात्र कायम राख्ने हो भने पराल काटेर गमला साईजमा छोप्न सकिन्छ । अदुवा उम्रेपछि भने पराल हटाउनु पर्दछ । 

विशेषता

अदुवाबाट धेरै वस्तुहरु उत्पादन गर्न सकिन्छ । क्याण्डी, धुलो मसला, कस्मेटिक उत्पादन आदि तर घरमा उत्पादन गरिने अदुवा विशेष गरि घरमै प्रयोग गरिने भएपनि अदुवाको कम प्रयोग  गर्ने तर ठाँउ पशस्त्र मात्रामा भएका र जाँगर भएका शहरीया व्यक्तिहरुले घरमै पनि ४–५ सय किलो सम्म अदुवा फलाउन सकिन्छ । जुन अदुवा बिक्रेतालाई बेच्न पनि सकिन्छ । 

रासायनिक मल र विषादी

यो सानो इकाईमा गरिने खेती भएकोले यसमा रासायनिक मल तथा विषादी प्रयोग नगर्ने । किारा लागेमा हातैले मार्ने रोग लागेमा पनि विषादी प्रयोग नगर्ने यो पूर्णता आर्गानिक उत्पादन हो । कम्पोष्ट मलको भने प्रर्याप्त व्यवस्था गर्नु पर्दछ ।