काठमाडौं – बढ्दो शहरीकरण व्यवस्थित गर्न सके विकासको एउटा आधार बन्नेछ । व्यावसायिक खेतीको लागि रोपनी जग्गाको आवश्यकता पर्दछ । शहरमा घर बनाई बसेर व्यावसायिक खेतीको कल्पना गर्नु सम्म त ठिकै हो व्यावाहारिक रुपमा भने त्यो संभव छैन । किचेन गार्डेन पनि ४ आना वा ८ आनासम्मको जग्गाको आवश्यकता पर्दछ । साह्रै सानो भन्दा सानो ठाउँहरु समेत व्यवस्थापन गरेर शहर बजारमा बस्नुपर्ने हुनाले कौशी खेती अहिलेको सन्दर्भमा अत्यन्तै उपयोगी देखिन्छ।
यो शहर बजारमा बनाईएको आफ्नै घरको ब्रण्डा, ढलान माथिको खाली ठाउँ, गमल, प्लाष्टिक धोक्रो वा थैला, बाल्टिन, स्पोन्जवाला कार्टुन, बाँस वा काठबाट बनाईएको भाँडोमा गरिने फलफुल वा तरकारी खेतीलाई कौशी खेती भनिन्छ । यो मूलत घरायसी प्रयोजनको लागि नै गर्ने हो । यद्यपी बढी भएकोलाई विक्री गर्न पनि सकिन्छ । विशेषगरी गोलभेडा, भाण्टा, ब्रसेल्स स्प्राउट, खुर्सानी, काउली, बन्दा, ड्रागन फल, मुन्तला, स्ट्रबेरी लगायतको खेती गर्न सकिन्छ । यी बालीहरु कम मोटो र थोरै ठाउँमा पनि राम्रोसँग खेती गर्न सकिन्छ ।
दैनिक रुपमा भान्सामा आवश्यक पर्ने धनियाँ, लसुन, प्याज, खुर्सानी, गोलभेडा, जस्ताको खेती गरेर आर्थिक बचत गर्न पनि सकिन्छ भने आर्काे तर्फ सिर्जनशीलता, लगनशीलता, श्रमशीलता प्रयोग गरि घरमै हरियाली बनाई मनलाई समेत अडाउन ठुलो मद्दत मिल्छ । यसले गर्दा धेरथोर राष्ट्रिय आवश्यकता पूर्ति गर्नमा थोरै नै भएपनि महत्वपूर्ण स्थान राख्दछ ।
कृषी प्रधान मानिने हाम्रो देशको गार्हस्थमा २७.१% योगदान कृषी क्षेत्रको रहेको छ। अहिलेको यस कोभिड-१९ को महामारीले कृषी क्षेत्रमा पारेको प्रभाबलाई न्युनिकरण गर्न कौषी खेतीले ठूलो भूमिका खेल्न सक्छ। कौषी खेतीले गर्दा मानिसहरु आत्मनिर्भर बनि आफूले खाने तरकारीबालीहरु आफैले खेति गर्न योग्य हुन्छन्।
कौसी खेतीको महत्व
नेपाल कृषि प्रधान देश भएतापनि विभिन्न कृषिजन्य कुराहरुको आयतदर बढ्दै गएको देखिन्छ। विभिन्न कृषिजन्य कुराहरु मध्य तरकारी पनि एउटा बढी आयात गरिएको बस्तु हो। ताजा बिषादी रहित तरकारीको आयात दर बर्षेनी बढ्दै गएको देखिन्छ। भन्सार विभागका अनुसार नेपालमा तरकारी मात्र २५ अरबको आयात भएको पाइन्छ। काठमाडौँ स्थित कालीमाटी फलफुल तथा तरकारी बजारको तथ्यांक अनुसार उक्त बजारमा उपलब्ध हुने कुल फलफुल तथा तरकारी मध्य ४४.७३ प्रतिशत भारतबाट र ०.५२ प्रतिशत चीनबाट आयात हुने गर्दछ। एस्तो आयातलाई कम गर्नको लागी कौसी खेती उपयुक्त विकल्प हुन सक्छ। शहरमा बस्ने मानिसहरुको लागी उपयुक्त विकल्पको रुपमा अगाडी बढिरहेको यस कौसी खेतीले गर्दा केहि हद सम्म तरकारीको आयात रोक्नमा टेवा पुर्याउन सक्छ।
आफ्नो घरको कौसी , बरण्डा, छत आदी स्थलमा आफुले उपभोग गर्ने बालीहरुको खेती गर्नुनै कौसी खेती रहेको सबैलाई अबगत नै छ। कौसी खेतीको मद्धतबाट स्वइच्छा बमोजिमको फलफुल, तरकारी आदी बलीको वर्षभरी उपभोग गर्न सकिन्छ। बिषादीरहित तरकारी बालीहरुको सेवनले स्वास्थ्यमा पनि लाभ गर्दछ। आफ्नो घरको उपयोगमा नआएको छत, बरण्डा तथा कौसीको सदुपयोग पनि हुन्छ। शहरी क्षेत्रमा हरियाली ल्याउन कौसी खेतीले ठुलो भूमिका खेल्छ। कौसिखेतिको मद्दतले फोहोरमैलाको उच्च व्यवस्थापनमा सजिलो भएको पनि पाईन्छ। मानिसलाई दैनिक आहारमा चाहिने प्रोटिन, पानी तथा रेशाहरुको खाँचो कौसी खेतिद्वारा पूर्ति हुन सक्दछ। बढ्दो शहरीकरणक कारण अधिकांश खेतीयोग्य जमिन कंक्रिट जंगलको रुपमा परिणत भैसकेको हुँदा जैविक फोहोरको व्यवस्थापन अर्थात मल बनाउने र प्रयोग गर्ने स्थान अभाव भएको र त्यसको बिकल्पमा कौसी खेती गर्दा जैविक फोहोरबाट मल बनौन सकिने , बिषादीरहित तरकारी तथा बालीहरुको सेवन गर्न पाउने , हरियाली बृद्दि हुने कुरानै कौसी खेतीको सकारात्मक पक्ष हो।
कौसी खेतीमा ध्यान दिनुपर्ने कुराहरु :
कौसी खेतीमा लगुना छनौट गरिएको वालीको जरा कम फैलने, कम गहिराईमा नै सिमित रहने र बोट पनि धेरै नाझान्गीने खालको हुनुपर्दछ। लहरे तरकारीहरूको लागी थान्क्राको राम्रो व्यवस्था हुनुपर्दछ। खेती गरिने ठाउं जस्तै : कौसी, छत तथा बरण्डाले कति तौल थाम्न सक्छ सो कुराको विचार गरेर कौसी खेती अगाडी बढाउनु पर्दछ। आकासे पानीबाट बचाउनको लागी खोल्न र बन्द गर्न मिल्ने प्लास्टिकको छादन बनाउनु राम्रो हुन्छ। कौसी खेतीका लागि प्रसस्त घाम लाग्ने र सजिलै पानी दिन सकिने स्थान छनोट गर्नुपर्छ। घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरूवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तैः कोकोपिट, माटो वा प्राङ्गरिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ। पक्की घरमा घरअनुसार निकालिएका कौसीहरूमा उपयुक्त आकारको भाँडा गमला, फ्रेम, जार, माछाको क्यारेट, आधुनिक ब्यागमा तरकारी फलाउन सकिन्छ।
तसर्थ परिवारको स्वास्थ्य, दैनिक खर्चमा कमी, वातावरण स्वच्छ तथा हरियाली, तरकारीको आयातमा कमी जसले देशको पुंजी बिदेशमा नजाने आदी जस्ता सकारात्मक पक्ष्यहरु भएको हुँदा शहर तथा बजारोन्मुख ठाउँमा बसोबास गर्ने सबैजना कौसी खेती तर्फ आकर्षित भई आत्मनिर्भर हुनु आजको आवश्यकता हो।
0 comment