१. काउली
परिचय :
काठमाडौं - कुर्सिफेरी परिवार अन्तर्गत पर्ने काउली नेपालको जाडो मौसममा हने एक प्रमुख तरकारी बाली हो । मौसम अनुसार नेपालमा तराइ देखि उच्च पहाडी क्षेत्रसम्म पनि यसको खेती गर्न सकिन्छ । तराइ र मध्य–पहाडमा जाडो मौसममा खेती गरिन्छ भने उच्च–पहाडमा यसको खेती गर्मी मौसममा गरिन्छ । यसको तरकारी खाने भागलाई कर्ड भनिन्छ । यसबाट अचार पकौडी साथै सुकाएर गर्मि याममा तरकारी खान प्रचलन पनि छ । काउलीमा हामीलाइ चाहिने खनीज तत्व फस्फोरस, पोटासीयम, आयरन, भिटामिन बि., ए. र सी. को केही मात्रा पाइन्छ । यसको पातहरुलाई पशु आहारका रुपमा प्रयोग गर्न सकिन्छ । पौष्टिक हिसाबले काउलीमा बिभिन्न तत्वहरु पाईन्छन जसका बिवरण तलको तालिकामा दिईएको छ ।
प्रति १०० ग्राम काउली तथा बन्दामा पाइने पोषक तत्वहरु,
पोषक तत्व : काउली
शक्ति : २५ कि.क्या
कार्बोहाइड्रेट : ५ ग्राम
प्रोटिन : १.९ ग्राम
चिल्लो पदार्थ : ०.३ ग्राम
रेशा : २.० ग्राम
भिटामिन बी १ : ०.०५ मिलि ग्राम
भिटामिन बी २ : ०.०६ मिलि ग्राम
भिटामिन सी : ४८.२ मिलि ग्राम
भिटामिन इ : ०.०८ मिलि ग्राम
भिटामिन के : १५.५ माइका ग्राम
क्याल्सीयम : २२ मिलि ग्राम
फलाम : ०.४२ मिलि ग्राम
म्याग्नसियम : १५ मिलि ग्राम
म्यागनीज : ०.१५५ मिलि ग्राम
पmस्फोरस : ४४ मिलि ग्राम
पोटासियम : २९९ मिलि ग्राम
सोडियम : ३० मिलि ग्राम
जिन्क : ०.२७ मिलि ग्राम
हावापानी :
काउलीलाइ एक प्रमुख हिउदे तरकारी बालीका रुपमा लिईन्छ । यो बालीले बन्दागोभी सरह ज्यादा गमी सहन सक्दैन । यसलाइ १५० देखि २५० से. तापक्रम चाहिन्छ । बिरुवाको लागी चाहिने उचित तापक्रम भन्दा बढी भएमा बिरुवा बानस्पतिक विकासको अवस्थामा रहिरहन्छ र बिरुवामा बढी पातहरु लाग्दछ ।
जातहरु :
काठमाण्डा स्थानीय : यो जात मध्य–पहाडी क्षेत्रका लागि उपयुक्त जात हा । यो बेर्ना सारेका १००–११० दिनमा तरकारीका लागी तयार हुन्छ ।
ज्यापु : यो काठमाण्डा स्थानीयबाट छनौट गरिएका जात हो । काठमाण्डा स्थानीय भन्दा केही छिटो तयार हुन्छ । तरकारी खानका लागि ८०–९५ दिनमा तयार हुन्छ।
किबा जायन्ट : यो पछौटे जात हो । बेर्ना सारेको १२०–१४० दिनमा तरकारी खानका लागि तयार हुन्छ ।
डोल्पा स्नोबल : यो पछौटे जात हो । यो जातका काउली उच्च–पहाडका लागि सिफारिस गरिएको छ । खानका लागि ११०–१२० दिनमा तयार हुन्छ ।
खुमल ज्यापू : यो जात मध्य–पहाडी क्षेत्रका लागि उपयुक्त जात हो । यो खुल्ला सेचन हुने जात हो । यो काउलीको रंग क्रिमी सेता हुन्छ र भदौ पहिलो हप्ता यसको बेर्ना सारिन्छ ।
नर्सरी व्यवस्थापन र लगाउन समय :
नर्सरीको लागी पानी नजम्ने, बलौट दोमट माटो, पारिलो, सिन्चाइ सुविधा भएको ठाउ उपर्युक्त हुन्छ । नर्सरी घर नजिक वा सुरक्षित एवं सजिलैसँग रेख-देख गर्न सकिने ठाउँमा हुनुपर्दछ । सामान्यतय नर्सरीका लागी १ मि. चौडाइ र आवश्यकतानुसार लम्बाइ भएको नर्सरी बनाउनु पर्दछ । नर्सरी बनाउने जग्गामा सौर्यताप प्रविधि अर्थात सोलराइजेशनबाट माटोको निर्मलीकरण गर्नु पर्दछ । यसो गर्नाले नर्सरीमा झरपात तथा किराको प्रकोप कम हुन्छ । नर्सरी व्याडको माटोका उपचार मालाथियान र वेविस्टन प्रति वर्गमिटर २ ग्रामका दरले प्रयोग गरेर बीउ राख्नु पर्दछ । साथै ४÷५ के.जी. राम्रोसँग पाकेका कम्पोष्ट मल अथवा गोबर मल प्रतिवर्ग मिटरका दरले राख्नु पर्दछ ।
वर्षायामको नर्सरीका लागि १५ से.मि. उचाइका नर्सरी व्याड बनाउनु पर्दछ र वर्षातका पानीबाट बेर्ना जोगाउन १.५ मि. जति अग्ला छाप्रो तथा प्लाष्टिकको छानोका प्रयोग गर्नु पर्दछ । तयार भएका नसरी व्याडमा कुटा वा काठका छेस्काले लाइन कोरी ५ से.मी.को फरकमा बीउ खसाल्नु पर्दछ । १ रोपनी जमिनका लागि वणशङ्कर जातका भए १० ग्राम अर्थात उन्नत जातका लागि २५ देखि ३० ग्राम बीउ आवश्यक पर्दछ । नर्सरीमा बेर्ना कुहिने रोग देखा परेमा ढुसीनासक विषादी १ ग्राम प्रतिलिटर पानीमा प्रतिवर्ग मि. का दरले १५ दिनको फरक आवश्यकतानुसार छर्नु पर्दछ । अगौटे काउलीको जात भए १८ देखि २० दिन, मध्यम जात भए २० देखि २५ दिन र पछौटे जात भए २५ देखि ३० दिनमा बेर्ना सार्न लायक हुन्छ । बेर्ना उखेल्नु भन्दा अघि नर्सरी व्याडलाई पानीले सिँचाइ गरी राम्रोसँग भिजाउनु पर्दछ । बेर्नाको अवस्था हेरी जर्खराउनु परेमा रोप्नु भन्दा २–४ दिन अघि नर्सरीमा सिंचाई नगर्ने । बेर्ना सार्दा सधै साँझका समयमा मात्र सार्नु पर्दछ । बेर्ना सार्दा कुटोको सहयोगले खाडलको माटो र मल राम्रोसँग मिलाउनु पर्दछ । खाडलको बीच भागमा नर्सरीमा माटोल छोपिए जति भाग माटो मुनी छोपिने गरी बेर्ना सान पर्दछ र बेर्ना सारिसक पछि बेर्नाको वरिपरिको माटा विस्तार थिचि हजारीको सहयोगले हल्का रुपमा तुरुन्तै सिँचाइ गर्नु पर्दछ ।
जग्गाको तयारी :
काउली खेती प्राय सब प्रकारको माटोमा गारिन्छ । राम्रो उत्पादन लिनको लागि भने मलिला बलौट दोमट किसिमको माटो उपयुक्त हुन्छ । प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको माटा र पानीको निकासको पनि राम्रा व्यवस्था भएको हुनुपर्दछ । छनौट गरिएको जग्गालाइ ३–४ पटकसम्म राम्रोसँग खनजोत गरि डल्ला फुटाउनु पर्दछ । जग्गाको पि.एच. ५–५ देखि ६.५ को विच हुन जरुरी हुन्छ ।
बिरुवा लगाउने दुरी :
अगौटे जातका काउली खेतीका लागी ४५x४५ से.मि. र मध्यम तथा पछौटे जातका लागी ६०x४५ से.मि. को दुरीमा रोप्नुपर्दछ ।
मलखाद :
काउली खेतीलाइ प्रशस्तमात्रामा मलखाद चाहिन्छ । कम्पोष्ट मल २५–३० मेट्रिक टन र रसायनिक मल १२०ः८०ः६० किलो नाईट्रोजन, फस्फोरस र पोटास प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ । यसका अलावा २० किला बोरेक्स र १–१.५ किलो सोडियम मोलिब्डेट प्रति हेक्टरका दरले माटोमा प्रयोग गर्नु पर्दछ । बेर्ना रोपेको एक महिनामा बिरुवामा पहिला टपड्रेस गर्नुपर्दछ भने ४५–५० दिनमा दोस्रो टपड्रेसगरि माटो चढाउनु पर्दछ । यसा गर्नाले बोटहरुलाइ ढल्नबाट बचाउन सकिन्छ ।
सिंचाई :
बेर्ना राम्ररी नसरुन्जेलसम्म प्रत्येक दिन हजारीको सहायताले हल्का सिँचाई गर्नु पर्दछ । बिरुवा सरिसकेपछि भने आवश्यकताका आधारमा माटोका चिस्यान हेरि १०–१५ दिनको फरकमा बिरुवालाई सिंचाइ दिनुपर्दछ ।
बाली टिपाइ
काउली फूल परिपक्व तथा आकर्षक भएपछि काटनु वा टिप्नु पर्दछ । काउली टिप्दा कम्तिमा ३–४ वटा कलिला पात राख्नु पर्दछ । बजारका माग अनुसार सानो-ठूलो छुटयाउनु पर्दछ । काउली टिप्दा सकभर साँंझपख घाम अस्ताउने बेलामामात्र टिप्नु पर्दछ । बिहानका समयमा टिप्नु परेमा शीत आभाएपछि टिप्न सकिन्छ । टिपपछि कम्तीमा २÷४ घण्टा जति घामको प्रकाश नपर्ने ठाउँमा राखी क्युरिङ्ग गर्नु पर्दछ । काउलीलाइ प्लाष्टिकको क्रेट वा बाँसका टोकरी प्रयोग गरी ढुवानी गर्नु पर्दछ । क्रेट वा बाँसको टोकरी प्रयोग गरेमा ढुवानी गर्दा कम मात्रामा नोक्सान हुन्छ ।
उत्पादन :
जात, ठाउ तथा लगाउने समय अनुसार काउलीको उत्पादनमा फरक पर्न सक्छ । सरदर एक हेक्टरमा २० देखि ५० टन सम्म उत्पादन लिन सकिन्छ ।
बजार व्यवस्थापन :
बजारका मागअनुसार उत्पादन हुनेगरी ठीक समयमा क्रियाकलाप सञ्चालन गर्नु पर्दछ । बजारमा हुने जाखिमहरुमा मूल्य घटने, कुहिने, बजार बन्द हुने, आम हडताल आदि बारे पनि पूर्वानुमान र विश्लेषण गर्नु पर्दछ । समूहगत रूपमा उत्पादन गरी ढुवानी साधनमा परिमाण पुग्ने खालका हुनु पर्दछ । यस गरी मागलाई ध्यानमा राखी नियमित रूपले आपूर्तिको व्यवस्था मिलाउनु पर्दछ ।
0 comment