रामशरण पाण्डे 

संसारको शिर, देवता बस्ने घर अथवा देवढुंगाको नाम संस्कृत वाङ्गमयमा बोलिने शब्द सगरमाथा नै हो । तर नेपालको भुमि बिस्तारै बिदेशीको नाममा राखिन्छ र सुरु हुन्छ नेपाली भूमिमाथि नामको हस्त्क्षेप। 

विश्वको सबभन्दा अग्लो हिमाल सगरमाथा हाल विश्वभर एभरेष्टको नामबाट प्रचलित छ। सन् १८४९ सम्म विश्वको सबभन्दा अग्लो हिमाल कन्चनजंघालाई  मानिन्थ्यो। जब ब्रिटिश इन्डियाले १८४९ बाट हिमालयहरुको सर्भे सुरु गर्यो र उसले विस्वका ठुला हिमालहरुको लगातार ६ बर्ष लगाएर सर्भे सक्यो। त्यसै समयमा ब्रिटिस इन्डियाको सर्भेमा खटिएका राधानाथ सिकन्दरले सगरमाथाको उचाइ पत्ता लगाए।  त्यसपछि सो शिखरको नाम तत्कालिन ब्रिटिश राजाको नामबाट राख्ने भन्ने प्रस्ताव बेलायति संसद र ब्रिटिस इन्डियाको संसदमा समेत चल्यो। 

पछि १९६५ मा बेलायतले ब्रिटिस इन्डियाको नापी विभागको डाइरेक्टर सर जर्ज एभरेष्टको नाममा उक्त संसारको अग्लो पहाडको नाम एभरेष्ट राखेर विश्वभर प्रचार गर्यो। त्यस समयबाट सगरमाथाको नाम एभरेष्ट रहन पुगेको हो।  

सो भन्दा पहिला उक्त पहाडलाई नेपाल र तिब्बतका सगरमाथा वरपरका सिमावर्ती बासिन्दाले चोमोलोंग र चिनियाले चोमोलोंमा फेंग भन्ने गर्दथे । यता नेपालीहरुले त्यस चुचुरोलाई देवढुंगा अथवा संस्कृत वाङ्गमयमा बोलिने सब्द सगरमाथा भन्थे । त्यस बेला पनि नेपालको पहाड नेपाललाई वास्तै नगरी  बेलायतले आफ्नो नापी प्रमुखको नामबाट राख्यो।  त्यस बेला देखि अहिले सम्म विश्वमा सगरमाथाको नाम एभरेष्ट रहन गएको हो।  यसरी ब्रिटिशले नेपालको भूभाग त कब्जा गर्यो नै उसले नेपालको भूभागको नाममाथि समेत हस्तक्षेप गरेको देखिन्छ।  

आउँदा दिनमा नेपालको राजनेताहरुले बर्माले आफ्नो नाम परिवर्तन गरी म्यानमार र सियमले थाईल्याण्ड राखे जस्तै नेपालले पनि एभरेष्टको नाम परिवर्तन गर्दै सगरमाथा हो भनि आधिकारिक नाम बनाएर विश्वमा प्रचार गर्न जरुरी छ। 

हुन त् अहिलेका नेतृत्वनै बिदेशीद्वारा संचालित छन् भने यस्तो आँट कसरी गर्लान र ? फेरी अहिलेका नेपालका युवायुवती शिक्षित नै छन् । वर्तमान शिक्षितहरु न सन् १८४९ को जस्ता अनपढ नै छन् न त सन् १९६५ ताकाका जस्ता नै छन् । कुरा यत्ति हो कि शिक्षित युवायुवतीहरु नेताहरुको चाकडी गर्न तयार छन् । त्यो बानि हटेको बेला मलाइ लाग्छ एभरेष्टको नाम पुन सगरमाथा नै हुने छ।