काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका छन्। 

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताए। ओलीले सत्ता गठबन्धनमा पुस १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गरेका हुन्। 

अरु घटनाक्रमका विषयमा आफूलाई केही जानकारी नभएको पनि ओलीले बताए। राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। उम्मेदवारको टुंगो लगाउन शनिबार बिहान ९ बजेलाई एमालेले सचिवालय बैठक डाकेको छ।