काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने बताएका छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग बोल्दै महतले राष्ट्रपति निर्वाचनका विषयमा सबै दलहरूसँग सकारात्मक रूपमा छलफल भइरहेको र कांग्रेसको उम्मेदवारलाई सबैको समर्थन रहने बताएका हुन्। राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई समर्थन गर्दा सरकारमाथि कुनै समस्या आए त्यसपछि कांग्रेसले साथ दिने उनको भनाइ छ।
प्रवक्ता महतले एकीकृत समाजवादीसँग लामो समय सहकार्य गरेको अवस्थामा कांग्रेसलाई साथ दिने बताए। यसअघि राष्ट्रपति पदको दुरुपयोग भएको अवस्थामा अब कांग्रेसका तर्फबाट नै राष्ट्रपति भए संविधानको रक्षा हुने उनको भनाइ छ।
उनले अरू विषयमा समाजवादीसँग सहकार्य गर्दै आगामी दिनमा अवसर दिनका लागि कांग्रेस तयार रहेको बताए।
0 comment