काठमाडौं – जलको भण्डार भएको देशमा खेत खलिहानहरु बाँझै छन् सवल पाखुराहरु पासपोर्ट वनाउनेको लाईनमा, मेनपावरको अफिस वाहिर, कामदार वोक्ने खाडिका जहाजका यस्ता सिटमा वा कतार साउदी र कुवेतको मरुभुमीमा भेटीन्छन् । काठमाडौंको पाँचतारे होटलमा वहालवाल मन्त्री धाराप्रवाह भाषण गर्छ  अव देशले काचँुली फेर्दैछ, देशले संविधान पाउँछ कृषिमा क्रान्ति हुन्छ वेरोजगारी हट्छ दुखका दिन गएर अब सुख र शान्तिका दिन आउँछन् अलिकति धैर्य गर्नुहोस हामी नयाँ नेपाल बनाउने अभियानमा लागेका छौं । 

तर यथार्थ सबैलाई थाहा छ याहाँ कुनै चम्तकार हुनेवाला छैन । नेपालीका दिन त्यति सजिलै फेर्नेवाला छैनन् रेमिटेन्स नआउने हो भने भविष्य कोरलिरहेका नेपालका लाखौं बालवच्चा अनि लोग्नेको कमाई कुरेर बैश विताईरहेका चेलीहरुको पेट भरिन्न, ढाकिन्न । खेती गरेर खाने मान्छेहरु आफ्नो परम्परागत पेशावाट वाक्क भएर पलायन हुँदैछन् । अहिले जति पनि नेपाली युवाहरु विदेशमा छन् ति सबै नै किसानका छोराछोरी हुन् । खेतीले जिवीकापार्जन नै हुन छाडेको छ । 

मान्छेका इच्छा र आवश्यकताहरु बढेका छन् तर खेतिको आम्दानीले त्यसलाई भरथेग गर्न सक्दैन । युवा पुस्ता परम्परागत कुषि देखि विरक्तनुको मुख्य कारण नै यहि हो । जुन पेशामा चमक र आकर्षण छैन त्यसमा को टाँसिएर वस्ला ? चमक र आकर्षण भनेको अहिलेको युगमा पैसा हो । जहाँ पैसा छैन त्यहाँ केही छैन । त्यसैले अहिले पश्चिम पहाडका गाँउहरुमा खेतहरु बाँझै रहन थालेका छन् कसैलाई खेती गर्न जाँगर नै छैन जाँगर चलाईहाले पनि काम गर्ने मान्छे नै छैन । सजिलो त यहि छ विदेश गयो पैसा पठायो अनि नेपालमा वस्ने परिवारले विदेशबाटै किनेर ल्याएको अन्न तरकारी, फलफुल, दुध र मासु खायो । जति कृषि पेशा अपमानित, अवहेलित र सिमान्तकृत हुँदै गायो त्यति नै हाम्रो राष्ट्रिय गौरव हामी नेपालीहुनुको सम्मान र अन्तराष्ट्रिय छविमा गिरावट आउँदै गएको छ । नेपाली कृषिको यो दुर्दशा अचानक भएको चाहँी होईन दुरदृष्टि नभएका शासक वर्गको व्यक्तिवादी गैर जिम्मेवार सोच र कार्यन्वयन नै यसको मुख्य जिम्मेवार यथार्थ हो । नेपालको असली उन्नति र सम्मान के मा छ र कसरी गर्नुपर्दछ भन्ने ज्ञान नै नभएका  हरिलठ्कहरुलाई पटक–पटक सत्तामा पुग्न मौका दिईरहने नेपाली जनताको उदार मन आज देशको लािग अभिशाप बन्न पुगेको छ । 

हालका केही वर्षहरुमा आधुनिक  कृषिका केहि लक्षणहरु देखिएका छन् । मिडियामा, छलफलहरुमा कृषिका कुराले ठाँउ पाउन थालेको छ । केही उत्साही व्यक्ति र समूहरुले व्यक्तिगत प्रयासमा केहि आर्थिक उपार्जन गर्न सफल भएका कुराहरु पनि चर्चामा छन् । यी कुराहरु स्वागतयोग्य हुँदाहुँदै पनि मनन् गर्नुपर्ने गम्भिर कुरा के छ भने सक्कली किसानले अझै केहि पाएको छैन । न त प्रविधिको बारेमा उसलाई ज्ञान छ न त बाजरको बारेमा नै । सरकारले ल्याएका नयाँ सोच र कार्यक्रमहरुका बारेमा ऊ अनविज्ञ छ । प्रगतिका केहि छिटपट लक्षणहरु वाठा र पहुँचवाल व्यक्तिहरुले मात्रै देखाएका छन् । सदियौं देखि कृषि पेशा अपनाएका किसानहरु ओझेलमा पर्ने र पहुँच भएकाहरुले मात्रै फाईदा लिने खतरा देखिंदैंछ । आधुनिक प्रविधि सहितको कृषि फार्महरुको स्थापना नगरि ठुलो परिणामा उत्पादन लिन नसकिने तर ठुला आकारका फार्महरु स्थापना गर्न साना किसानहरुसंग पुँजि र साहसको कमि हुने कारणले यो त निश्चित नै छ कि ५ रोपनी भन्दा कम जमिनमा खेती गर्ने किसानले अब टाउको उठाउन सक्दैन । ठुलो वृक्षको छाँयामा  परेको सानो वृक्ष फष्टाउन नसके जस्तै साना किसानहरुको भविष्य डामाडोल हुने पक्का छ । 

ठुला बैंकहरु, सहकारी र कर्पाेरेट हाउसहरुको प्रवेशको जुन लहर अहिले देखिएको छ त्यसले समग्र राष्ट्रिय उत्पादनमा वृद्धि देखिएछ भने पनि साना किसानहरुको भने जारा उखेल्ने छ अगामी ३ वर्ष भित्रमा हामी सबैले देख्ने छौं । यसको असर के हुने छ भने साना किसानका छोराछोरी या त अहिले झै विदेशकै सपनामा हराउने छन् या त ठुला खाले फार्ममा कृषि मजदुर हुनेछन् । 

यदि अहिलेको सरकार वास्तवमै कृषिमा केहि गर्न चाहन्छ भने उसका देखाउने र खाने दाँत भिन्दाभिन्दै छैनन् भने अब साना किसानहरुलाई संगठित भएका समुहहरुलाई अनुदानमा मल, विउ र प्रविधि अनि उत्पादित वस्तुको खरिदको ग्यारेन्टि गर्नुपर्दछ । ठाउँ, हवापानी, माटो र बजार हेरी अन्न, फलफुल, तरकारी, माछा, मौरी र पशुपालन जस्ता विधाहरुको छनौंट गरि उत्पादनको कोटा निर्धारण गरी किसानलाई जिम्मेवारी दिनु पर्दछ । 

नेपाली कृषिलाई कर्पाेरेट हाँउसहरुको कब्जामा जान दिनु हुँदैन । कर्पाेरेट हाउसहरुको माध्यमबाट यहाँ बहुराष्ट्रिय कम्पनीहरुको प्रवेश भएपछि नेपाली किसानहरुको हातबाट कृषि पेशा गुम्ने खतारा प्रति अहिले ने सचेत हुनु हामी सबैको हितमा छ ।