काठमाडौं - अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार राष्ट्रपतिमा एमालेकै उम्मेदवार विजयी हुने दावी गरेका छन्।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै पौडेलले सरकार गठनका बेला भएको सहमति अनुसार नै सत्ता साझेदार दल अघि बढ्ने र एमालेबाट हुने उम्मेदवार राष्ट्रपति बन्ने बताए।
सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सबै दलले इमान्दारीका साथ पालना गर्ने उनको विश्वास छ। उनले भने, 'एमालेबाट को उम्मेदवार हुनेभन्दा पनि सहमति अनुसारको नतिजा आउने छ। एमालेले उठाएको उम्मेदवार नै अबको राष्ट्रपति बन्ने छ।'
पौडेलले पार्टी तथा नेताको सम्बन्ध तलमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने बताए।
0 comment