काठमाडौं - टर्कीमा गएको भुकम्पमा परी पूर्व ईंग्लिश प्रीमियर लिग खेलाडी क्रिस्टियन आत्सुको निधन भएको छ।

३१ वर्षीय घानाका राष्ट्रिय खेलाडी आत्सु भुकम्पले क्षतिग्रस्त उनकै अपार्टमेन्टको भग्नावशेषमा करिब दुई हप्तापछि मृत निकालिएको हो। टर्कीको हटाएस्पर फुटबल क्लबमा आवद्ध हुनु अघी आत्सुले ईंग्लिश प्रीमियर लिगमा चेल्सी, एभर्टन र न्युक्यासलबाट फुटबल खेलेका थिए। 

अन्तक्या-हटाएस्थित उनी बसेको अपार्टमेन्ट भुकम्पले भत्किएपछि बेपत्ता भएका थिए।

भुकम्प गएकै दिन आत्सुलाई जिवितै उद्धार गरिएको समाचार बाहिरिएको थियो। तर, दोश्रो दिन उनी आत्सु नभएको खुलेको थियो।

टर्की र सिरियामा भुकम्पका कारण हालसम्म ४५ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।